ओली–प्रचण्डबीच पुनः ‘ठाकठुक’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पुनः ठाकठुक परेको छ ।
कार्यदलले पार्टीभित्र उत्पन्न गतिरोध चिर्न निकास खोजिरहेका बेला प्रधानमन्त्री ओलीले एकलौटी नियुक्ति गरेको भन्दै प्रचण्डले प्रश्न उठाएको नेकपाका एक नेताले जानकारी दिए ।
महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदल लगातार बैठक बसेर काम गरिरहेको छ । कार्यदल काम सकेपछि मात्रै दुई अध्यक्ष बसेर प्रस्ताव तयार पार्ने समझदारी भएको थियो । र, प्रधानमन्त्रीले पार्टीलाई नसोधी कुनै पनि निर्णय नलिने समझदारी समेत भएको थियो ।
त्यसविपरीत ओली एकलौटी अघि बढेको र पार्टीलाई नसोधी नियुक्ति, सिफारिस प्रक्रिया अघि बढाएको भन्दै प्रचण्ड क्षुब्ध बनेको एक नेताको दाबी छ ।
मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डको भेटवार्ता भएको थियो । “भेटमा अध्यक्ष प्रचण्डले हामी पार्टीभित्रको विवाद अन्त्यको उपाय खोजिरहेका छौं । कार्यदलले काम गरिरहेको छ । तर, तपार्ईं मन्त्रिपरिषद् बैठक राखेर धमाधम नियुक्ति गरिरहनुभएको छ । यसले राम्रो सन्देश जाँदैन । सहमतिको वातावरण पनि बन्दैन । जे निर्णय गर्ने हो, पार्टी कमिटीमा छलफल गरेर गरौं । अन्यथा सहमति खोज्ने कुराको कुनै अर्थ छैन भनेर भन्नुभएको छ । कार्यदलले सहमतिको खाका बनाइरहेका बेला यस्तो महत्त्वपूर्ण नियुक्ति गर्नु विधि, पद्धति विपरीत कुरा हो,” पूर्वमाओवादी केन्द्र समूहका एक नेता भन्छन् ।
भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले केही दिनअघि मात्रै प्रेस काउन्सिल नेपालमा सदस्य नियुक्त भएकी दुर्गा भण्डारी (पौडेल)लाई कार्यवाहक अध्यक्ष दिने निर्णय गरेको थियो ।
किशोर श्रेष्ठलाई पदमुक्त गर्दै भण्डारीलाई कार्यवाहक दिइएकोमा पार्टीभित्र असन्तुष्टि बढेको छ नै । सर्वोच्च अदालतमा मुद्दा पनि परेको छ । भदौ १ गतेकै मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा देवराज रोकालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यही दिनको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवामा रहेका सहसचिव गेहेन्द्र राजभण्डारी बेल्जियम र युरोपियन युनियनको राजदूत सिफारिस गरको छ । परराष्ट्र सेवामै रहेका तपस अधिकारीलाई पाकिस्तान र रामकाजी खड्कालाई जर्मनीको राजदूतमा सिफारिस गरेको सार्वजनिक गरिएको छ ।
त्यसका अतिरिक्त थुप्रै नियुक्तिका निर्णय गरेर बाहिर नल्याइएको पूर्वमाओवादी केन्द्रका नेताहरू बताउँछन् ।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












