नेकपा कार्यदल प्रतिवेदन : ओलीले सरकार, दाहालले पार्टी सञ्चालन गर्ने
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्यविभाजनसहित कार्यदलले शनिबार प्रतिवेदन बुझाएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकार र अर्का अध्यक्ष दाहालले पार्टी सञ्चालन गर्ने गरी कार्यविभाजन गरिएको छ ।
कार्यदल सदस्य जनार्दन शर्माले सर्वसम्मतिमा कार्यदलले प्रतिवेदन तयार गरी अध्यक्षद्वय ओली र दाहाललाई बुझाएको बताए । प्रतिवेदन अध्ययन गरेर छिटै नै सचिवालय बैठकमा छलफल गरिने नेकपाले जनाएको छ ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षसम्म सरकार र पुष्पकमल दाहालले पूर्ण रूपमा पार्टी सञ्चालन गर्ने गरी कार्यविभाजन भएको छ, सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने गरी केन्द्रीय कमिटीको निर्णयअनुसार अगामी चैतमै एकता महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ,’ कार्यदलका एक सदस्यले भने ।
गत ४ मंसिर २०७६ मा भएको सहमतिअनुसार ओली र दाहालको कार्यविभाजनलाई पुनव्र्याख्यासहित प्रतिवेदनमा उल्लेख गरिएको छ । ओलीले पूर्ण रूपमा सरकार सञ्चालन गर्ने र दाहालले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने उल्लेख छ । स्थायी कमिटीमा माग भएअनुसार ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनु नपर्ने भएको छ ।
प्रतिवेदनमा दुवै अध्यक्षको कार्यविभाजनसहित संघीय र प्रदेश सरकार पुनर्गठन, राजनीतिक नियुक्ति तथा सिफारिसहरू पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्ने, सरकार र पार्टीको काम प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठनलगायतका विषय समेटिएको छ ।
गत माघमा केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार आगामी चैत अन्तिम साता एकता महाधिवेशन गर्न उपयुक्त हुने कार्यदलले भनेको छ । एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै पार्टी एकताको बाँकी कामका साथै सदस्यता विवरण टुंगो लगाउनुपर्नेलगायतका सुझाव समेटिएको छ ।
कोरोना भाइरसको संक्रमण सकिनेबित्तिकै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने सुझावसमेत कार्यदलले दिएको छ । सरकार र पार्टीलाई विधि, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने कार्यदलले जोड गरेको छ ।
नेकपा महासचिव विष्णु पौडेलेको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहने गरी ६ सदस्यीय कार्यदल ३० साउनमा गठन भएको थियो । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालकै सहमतिमा गठन भएको कार्यदलले गत सोमबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो ।
सहमतिको प्रतिवेदन बुझाउनुभन्दा अघि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको आठ घण्टाभन्दा बढी लामो समयसम्म छलफल भएको थियो । प्रतिवेदन बुझ्दै अध्यक्षद्वयले अध्ययन गरेर छिटै नै सचिवालय बैठकमा छलफल गरिने जनाएका छन् ।
नेकपामा विगत चार महिनादेखि जारी शक्ति संघर्ष कार्यदलको प्रतिवेदन कार्यान्वयनसँगै सकिने विश्वास नेताहरूको रहेको छ । १० असारदेखि जारी स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि विवाद सुरु भएको हो ।
१३ साउनमा ओलीले एकतर्फी रूपमा स्थायी कमिटीको बैठक अनिश्चितकाल सम्मका लागि स्थगित गरेकै दिन अर्का अध्यक्ष दाहालले सोही दिन बैठक गरेका थिए । यस बीचमा ओली र दाहालको छलफलले कार्यदल गठन गर्ने र उसले दिएको सुझाव कार्यान्वयन गर्ने सहमति जुटेको थियो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












