नेकपा कार्यदल प्रतिवेदन : ओलीले सरकार, दाहालले पार्टी सञ्चालन गर्ने
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्यविभाजनसहित कार्यदलले शनिबार प्रतिवेदन बुझाएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकार र अर्का अध्यक्ष दाहालले पार्टी सञ्चालन गर्ने गरी कार्यविभाजन गरिएको छ ।
कार्यदल सदस्य जनार्दन शर्माले सर्वसम्मतिमा कार्यदलले प्रतिवेदन तयार गरी अध्यक्षद्वय ओली र दाहाललाई बुझाएको बताए । प्रतिवेदन अध्ययन गरेर छिटै नै सचिवालय बैठकमा छलफल गरिने नेकपाले जनाएको छ ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षसम्म सरकार र पुष्पकमल दाहालले पूर्ण रूपमा पार्टी सञ्चालन गर्ने गरी कार्यविभाजन भएको छ, सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने गरी केन्द्रीय कमिटीको निर्णयअनुसार अगामी चैतमै एकता महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ,’ कार्यदलका एक सदस्यले भने ।
गत ४ मंसिर २०७६ मा भएको सहमतिअनुसार ओली र दाहालको कार्यविभाजनलाई पुनव्र्याख्यासहित प्रतिवेदनमा उल्लेख गरिएको छ । ओलीले पूर्ण रूपमा सरकार सञ्चालन गर्ने र दाहालले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने उल्लेख छ । स्थायी कमिटीमा माग भएअनुसार ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनु नपर्ने भएको छ ।
प्रतिवेदनमा दुवै अध्यक्षको कार्यविभाजनसहित संघीय र प्रदेश सरकार पुनर्गठन, राजनीतिक नियुक्ति तथा सिफारिसहरू पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्ने, सरकार र पार्टीको काम प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठनलगायतका विषय समेटिएको छ ।
गत माघमा केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार आगामी चैत अन्तिम साता एकता महाधिवेशन गर्न उपयुक्त हुने कार्यदलले भनेको छ । एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै पार्टी एकताको बाँकी कामका साथै सदस्यता विवरण टुंगो लगाउनुपर्नेलगायतका सुझाव समेटिएको छ ।
कोरोना भाइरसको संक्रमण सकिनेबित्तिकै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने सुझावसमेत कार्यदलले दिएको छ । सरकार र पार्टीलाई विधि, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने कार्यदलले जोड गरेको छ ।
नेकपा महासचिव विष्णु पौडेलेको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहने गरी ६ सदस्यीय कार्यदल ३० साउनमा गठन भएको थियो । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालकै सहमतिमा गठन भएको कार्यदलले गत सोमबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो ।
सहमतिको प्रतिवेदन बुझाउनुभन्दा अघि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको आठ घण्टाभन्दा बढी लामो समयसम्म छलफल भएको थियो । प्रतिवेदन बुझ्दै अध्यक्षद्वयले अध्ययन गरेर छिटै नै सचिवालय बैठकमा छलफल गरिने जनाएका छन् ।
नेकपामा विगत चार महिनादेखि जारी शक्ति संघर्ष कार्यदलको प्रतिवेदन कार्यान्वयनसँगै सकिने विश्वास नेताहरूको रहेको छ । १० असारदेखि जारी स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि विवाद सुरु भएको हो ।
१३ साउनमा ओलीले एकतर्फी रूपमा स्थायी कमिटीको बैठक अनिश्चितकाल सम्मका लागि स्थगित गरेकै दिन अर्का अध्यक्ष दाहालले सोही दिन बैठक गरेका थिए । यस बीचमा ओली र दाहालको छलफलले कार्यदल गठन गर्ने र उसले दिएको सुझाव कार्यान्वयन गर्ने सहमति जुटेको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












