नेकपा कार्यदलले तयार पारेको प्रतिवेदनमा ‘जनयुद्ध’ गायब
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र तत्कालीन नेकपा (माओवादी)लाई हेर्ने दुईथरी दृष्टिकोण छ ।
पूर्वएमाले विशेषतः प्रधानमन्त्री केपी शर्मा ओली समूह ‘जनयुद्ध’लाई सशस्त्र सङ्घर्ष भन्न रुचाउँछ । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह तुलनात्मक नरम दृष्टिकोण राख्छ । पूर्वमाओवादी केन्द्र समूह आफ्नो अडानमा यथावत छ ।
पूर्वएमालेभित्रको यही दृष्टिकोणका कारण पार्टी एकतापछि ‘जनयुद्ध’ शब्द धेरैपटक विवादमा आयो । दस्तावेजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्ने कि, सशस्त्र सङ्घर्ष राख्ने लामो छलफल नै चल्यो । बहस किनारा नलागिसकेकाले पूर्वएमालेका कतिपय नेता कार्यकर्ता जनयुद्ध दिवसमा सहभागी हुन हिचकिचाउँदै आएका छन् । प्रधानमन्त्री ओली त अहिलेसम्म सरिक भएका छैनन् ।
जनयुद्ध शब्दकै कारण पार्टी एकतालगत्तै छापेर तल बहसका लागि पठाउनुपर्ने राजनीतिक प्रतिवेदन एकवर्षसम्म अड्किएर बस्यो । विधानको प्रस्तावनामा पनि जनयुद्ध स्वीकार्ने कि नस्वीकार्ने भनेर बहस–विमर्श भयो । अन्ततः प्रधानमन्त्री ओली विधानको प्रस्तावना र राजनीतिक प्रतिवेदनमा जनयुद्ध शब्द राख्न राजी भएपछि त्यतिबेलाको विवाद किनारा लागेको थियो ।
तर, पार्टी एकताताक जनयुद्धको लिगेसी स्थापित गराउन लागेका पूर्वमाओवादी केन्द्रका नेताहरूले पनि यसमा सम्झौता गर्न थालेको छनक मिलेको छ । पूर्वमाओवादी केन्द्रका हर्ताकर्ता र जनयुद्धको डेपुटी कमाण्डर रहेका जनार्दन शर्मा र तत्कालीन पार्टीको मुख्य भूमिकामै रहेकी पम्फा भुसाल सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमा जनयुद्ध शब्दले स्थान नै पाउन सकेन ।
पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनको बुँदा नम्बर ८ मा जनयुद्ध शब्दको सट्टा सशस्त्र सङ्घर्ष प्रयोग गरिएको हो ।
एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने शीर्षकको उपबुँदा ३ मा भनिएको छ, “महाधिवेशनबाट मार्क्सवाद–लेनिनवादको मार्गदर्शनमा नेपाली विशेषता अनुरुप नेपाली कम्युनिष्ट आन्दोलनले विकसित गरेका अनुभव तथा मौलिक एवम् सिर्जनात्मक सिद्धान्तहरूलाई संस्थागत गर्ने । यसक्रममा साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र सशस्त्र आन्दोलनका सकारात्मक वैचारिक पक्षहरूको संश्लेषण गर्ने ।”
शान्त्रि प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने शीर्षकको उपबुँदाभित्र पनि धेरै ठाउँमा जनयुद्ध शब्द ‘सशस्त्र द्वन्द्व’ले प्रतिस्थापन गरिएको छ ।
“सशस्त्र द्वन्द्व र आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भई कष्टपूर्ण जीवन बिताउन बाध्य योद्धाहरूको उपचारको प्रबन्ध गर्ने । असक्त र घाइतेहरूका लागि जीवन निर्वाहको व्यवस्था गर्ने,” शान्ति प्रक्रियाको बाँकी कामलाई अघि बढाउन दिइएको सुझावमा उल्लेख छ ।
यसैसँग गाँसिएको अर्को बुँदामा सशस्त्र द्वन्द्व शब्द नै प्रयोग गरिएको छ । “सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका व्यक्तिहरुलाई सम्मान गर्ने । स्थानीय तहमा सबै पीडितहरूको बीचमा मेलमिलापलाई सुदृढ गर्ने काम गर्न प्रदेश र स्थानीय तहहरूलाई उत्प्रेरित गर्ने । पार्टीका स्थानीय कमिटीहरुले यस सम्बन्धी काममा सघाउने,” उक्त बुँदामा भनिएको छ ।
यद्यपि, द्वन्द्वका क्रममा घाइते, बेपत्ता परिवारलाई उचित राहत, परिपूरण उपलब्ध गराउन र शान्ति प्रक्रियाका बाँकी काम एक वर्षभित्र टुङ्ग्याउन सुझाव दिएर जनयुद्धको दायित्व बहन गर्न भने कार्यदलले छुटाएको छैन ।
यस्तो छ प्रतिवेदन
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












