मनोसामाजिक समस्याविरुद्ध जनचेतना चलाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मनोचिकित्सकसँग आयोजित परामर्श र छलफलका क्रममा उनले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकको विशेष योगदान हुने बताए।
कोभिड–१९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियो लगायत सञ्चार माध्यमबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले यसमा मनोचिकित्सकले सक्रिय योगदान गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको त्रास र लकडाउनले निम्तिएको मानसिक स्वास्थ्यका विषयमा विज्ञहरुसँग छलफल गरेको छफलमा सहभागी चिकित्सक डाक्टर रितेश थापाले खबरहबलाई बताए ।
‘कोरोना र लकडाउनका कारण मानसिक स्वास्थ्यको अवस्था कस्तो छ भनेर नै हामीलाई बोलाउनु भएको थियो,’ डा थापाले खबरहबसँग भने, ‘अहिलेसम्म भइरहेको अवस्था र आगमी दिनमा केके गर्नुपर्छ भनेर छलफल भयो ।’
डा थापाका अनुसार प्रधामन्त्री ओलीले मनोचिकित्सकहरुसँग नेपालमा मानसिक स्वास्थ्यको अवस्थाबारे जिज्ञासा राखेका थिए ।
प्रधानमन्त्री ओलीको जिज्ञासामा चिकित्सकहरुले नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बताए । चिकित्सकहरुले नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएपनि नेपालका ९० प्रतिशत मानिसहरु मानसिक स्वास्थ्यउपचारको पहुँचमा नभएको बताएका छन् ।
सरकारले स्वास्थ्य क्षेत्रमा बजेट नै कम विनियोजन गरेको र त्यसमा पनि मानसिक स्वास्थ्य क्षेत्रमा झनै कम बजेट विनियोजन भएको बताएका छन् ।
डा थापाले आफुहरुले प्रधानमन्त्री ओलीलाई नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव भएको पनि जानकारी गराएको बताए ।
उनले नेपालमा चिकित्सा मनोविद्हरु देशभर ३२ जना मात्र रहेको नेपालमा यो संख्या जनसंख्याको आधारमा निकै मक भएको जानकारी गरएको पनि बताए ।
उनले नेपालमा रहको एकमात्र सरकारी अस्पताल पाटन मानसिक रोग अस्पताल ५० वेडको मात्र भएकाले उक्त अस्पतालको स्तरोन्नती गर्नुपर्ने बताएको जानकारी दिए ।
यस्तै सरकारी स्वास्थ्य सेवामा ११ जना मात्र मनोचिकित्सक रहेको र उनीहरु पनि काठमाडौं उपत्यकामै मात्र रहेको पनि प्रधामन्त्रीलाई जानकारी गराएको थापाले बताए ।
‘भएका मानसिक रोग अस्पतालको स्तरोन्नती गर्नुपर्ने र हरेक प्रदेशमा मानसिक अस्पताल बनाउनु पर्ने र हरेक १०० वेड भन्दा माथिका अस्पतालहरुमा मनोचिकित्सक तथा मनोविद्को दरवन्दी राख्न पनि सुझाव दियौं,’ डा थापाले भने, ‘विद्यालय तहको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई पनि राख्नुपर्छ र नर्सिङ र एमवीवीएसको पाठ्यक्रममा पनि मानसिक स्वास्थ्यको विषयलाई विशेष ध्यान दिनुपर्छ भनेर सुझाव दिएका छौं ।’
डा थापाले मानसिक स्वास्थ्य अधिकारको ऐन तथा नीति बन्नुपर्ने बताएको बताए ।
विज्ञहरुको कुरा सुनेपछि प्रधामन्त्री ओलीले लकडाउन र कोरोना संक्रमणको अवस्थालाई पनि ध्यानमा राख्दै तत्कालिन र दीर्घकालिन योजना बनाएर अगाडी बढ्ने बताएको डा थापाको भनाइ छ ।
‘प्रधानमन्त्रीज्युले अहिलेको अवस्थामा तत्काल कोरोना संक्रमणको निम्त्यिाएको समस्यालाई सामाधार गर्ने गरेर अगाडी बढ्ने र त्यसका लागि सबैले सकारात्मक भूमीका खेल्नुपर्ने बताउनु भयो,’ प्रधामन्त्रीको भनाइलाई उद्धित गर्दै थापाले भने, ‘कसरी मान्छेहरुमा त्रास क मगर्ने भनेर मनोचिकित्सकसँग छलफल गरी मान्छेहरुमा कोरोनासम्बन्धि फैलिएको त्रास र भ्रम अन्त्य गर्नुपर्छ भन्नुभयो ।’
छलफल पछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण सिर्जित मनेसामाजिक समस्याको संबोधन गर्नेगरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशित गरेको बताए ।
प्रधानमन्त्री ओलीले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको विशेष योगदान हुने बताएको उनले बताए ।
छलफलमा उक्त अवसरमा प्राडा सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्राडा सरोजप्रसाद ओझा, प्राडा दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा रोशन पोखरेल लगायतका सम्बन्धित विज्ञहरूले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गरेका थिए ।
Comments
अरु समाचार
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...












