मनोसामाजिक समस्याविरुद्ध जनचेतना चलाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मनोचिकित्सकसँग आयोजित परामर्श र छलफलका क्रममा उनले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकको विशेष योगदान हुने बताए।
कोभिड–१९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियो लगायत सञ्चार माध्यमबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले यसमा मनोचिकित्सकले सक्रिय योगदान गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको त्रास र लकडाउनले निम्तिएको मानसिक स्वास्थ्यका विषयमा विज्ञहरुसँग छलफल गरेको छफलमा सहभागी चिकित्सक डाक्टर रितेश थापाले खबरहबलाई बताए ।
‘कोरोना र लकडाउनका कारण मानसिक स्वास्थ्यको अवस्था कस्तो छ भनेर नै हामीलाई बोलाउनु भएको थियो,’ डा थापाले खबरहबसँग भने, ‘अहिलेसम्म भइरहेको अवस्था र आगमी दिनमा केके गर्नुपर्छ भनेर छलफल भयो ।’
डा थापाका अनुसार प्रधामन्त्री ओलीले मनोचिकित्सकहरुसँग नेपालमा मानसिक स्वास्थ्यको अवस्थाबारे जिज्ञासा राखेका थिए ।
प्रधानमन्त्री ओलीको जिज्ञासामा चिकित्सकहरुले नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बताए । चिकित्सकहरुले नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएपनि नेपालका ९० प्रतिशत मानिसहरु मानसिक स्वास्थ्यउपचारको पहुँचमा नभएको बताएका छन् ।
सरकारले स्वास्थ्य क्षेत्रमा बजेट नै कम विनियोजन गरेको र त्यसमा पनि मानसिक स्वास्थ्य क्षेत्रमा झनै कम बजेट विनियोजन भएको बताएका छन् ।
डा थापाले आफुहरुले प्रधानमन्त्री ओलीलाई नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव भएको पनि जानकारी गराएको बताए ।
उनले नेपालमा चिकित्सा मनोविद्हरु देशभर ३२ जना मात्र रहेको नेपालमा यो संख्या जनसंख्याको आधारमा निकै मक भएको जानकारी गरएको पनि बताए ।
उनले नेपालमा रहको एकमात्र सरकारी अस्पताल पाटन मानसिक रोग अस्पताल ५० वेडको मात्र भएकाले उक्त अस्पतालको स्तरोन्नती गर्नुपर्ने बताएको जानकारी दिए ।
यस्तै सरकारी स्वास्थ्य सेवामा ११ जना मात्र मनोचिकित्सक रहेको र उनीहरु पनि काठमाडौं उपत्यकामै मात्र रहेको पनि प्रधामन्त्रीलाई जानकारी गराएको थापाले बताए ।
‘भएका मानसिक रोग अस्पतालको स्तरोन्नती गर्नुपर्ने र हरेक प्रदेशमा मानसिक अस्पताल बनाउनु पर्ने र हरेक १०० वेड भन्दा माथिका अस्पतालहरुमा मनोचिकित्सक तथा मनोविद्को दरवन्दी राख्न पनि सुझाव दियौं,’ डा थापाले भने, ‘विद्यालय तहको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई पनि राख्नुपर्छ र नर्सिङ र एमवीवीएसको पाठ्यक्रममा पनि मानसिक स्वास्थ्यको विषयलाई विशेष ध्यान दिनुपर्छ भनेर सुझाव दिएका छौं ।’
डा थापाले मानसिक स्वास्थ्य अधिकारको ऐन तथा नीति बन्नुपर्ने बताएको बताए ।
विज्ञहरुको कुरा सुनेपछि प्रधामन्त्री ओलीले लकडाउन र कोरोना संक्रमणको अवस्थालाई पनि ध्यानमा राख्दै तत्कालिन र दीर्घकालिन योजना बनाएर अगाडी बढ्ने बताएको डा थापाको भनाइ छ ।
‘प्रधानमन्त्रीज्युले अहिलेको अवस्थामा तत्काल कोरोना संक्रमणको निम्त्यिाएको समस्यालाई सामाधार गर्ने गरेर अगाडी बढ्ने र त्यसका लागि सबैले सकारात्मक भूमीका खेल्नुपर्ने बताउनु भयो,’ प्रधामन्त्रीको भनाइलाई उद्धित गर्दै थापाले भने, ‘कसरी मान्छेहरुमा त्रास क मगर्ने भनेर मनोचिकित्सकसँग छलफल गरी मान्छेहरुमा कोरोनासम्बन्धि फैलिएको त्रास र भ्रम अन्त्य गर्नुपर्छ भन्नुभयो ।’
छलफल पछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण सिर्जित मनेसामाजिक समस्याको संबोधन गर्नेगरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशित गरेको बताए ।
प्रधानमन्त्री ओलीले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको विशेष योगदान हुने बताएको उनले बताए ।
छलफलमा उक्त अवसरमा प्राडा सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्राडा सरोजप्रसाद ओझा, प्राडा दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा रोशन पोखरेल लगायतका सम्बन्धित विज्ञहरूले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गरेका थिए ।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












