सँगै देखिन थाले ओली-प्रचण्ड, दुई अध्यक्षको सहकार्य सुरू भयो
काठमाडाैँ । नेकपाका दुई अध्यक्ष सार्वजनिक कार्यक्रममा सँगसँगै देखिन थालेका छन्।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक सार्वजनिक कार्यक्रममा सँगै देखिएका हुन्।
कोभिड-१९ बारे आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा भएको छलफलमा दुवै अध्यक्ष सँगै बसेका थिए।
यसअघि गत साउन २० गते प्रधानमन्त्री ओलीले प्रमुख विपक्षी र विपक्षी दलका नेता सहित विज्ञहरूसँग कोभिड-१९ बारे छलफल गरेका थिए। सो छलफलमा प्रचण्ड उपस्थित थिएनन्। प्रचण्डका लागि राखिएको कुर्सी खाली थियो।
दुई अध्यक्षबिच तिक्तता पुर्ण सम्बन्ध रहेका कारण प्रचण्ड बालुवाटारको त्यो बैठकमा गएका थिएनन्।
साउन १३ गते प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक एकतर्फी रुपमा स्थगित गरेको भन्दै आक्रोशित बनेका प्रचण्डले बालुवाटारमै ओली इतरका स्थायी कमिटि सदस्यहरुको बैठक गरेका थिए। बैठकमा २९ जना स्थायी कमिटी सदस्यको उपस्थिति रहेको थियो।
विवाद समाधानका लागि सुझाव दिन साउन ३० गते कार्यदल गठन भएसँगै दुई अध्यक्षको सम्बन्धमा पनि सुधार आएको हो।
कार्यदलको प्रतिवेदनकै आधारमा आज बस्ने स्थायी कमिटि बैठकको प्रस्ताव तयार भएको छ।
स्थायी कमिटी बैठक बस्ने अघिल्लो दिन दुई अध्यक्ष बालुवाटारको कार्यक्रममा सँगै देखिनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ।
दुई अध्यक्षको सहकार्य सुरु भएको प्रचण्ड निकटका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए।
‘दुई अध्यक्षबिच रहेका असहमतिहरू हट्दै गएका छन्। अब उहाँहरुको सहकार्य सुरू भएको छ’, उनले भने,’हाम्रो पार्टीका लागि यो सकारात्मक सुरूवात हो।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












