सँगै देखिन थाले ओली-प्रचण्ड, दुई अध्यक्षको सहकार्य सुरू भयो
काठमाडाैँ । नेकपाका दुई अध्यक्ष सार्वजनिक कार्यक्रममा सँगसँगै देखिन थालेका छन्।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक सार्वजनिक कार्यक्रममा सँगै देखिएका हुन्।
कोभिड-१९ बारे आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा भएको छलफलमा दुवै अध्यक्ष सँगै बसेका थिए।
यसअघि गत साउन २० गते प्रधानमन्त्री ओलीले प्रमुख विपक्षी र विपक्षी दलका नेता सहित विज्ञहरूसँग कोभिड-१९ बारे छलफल गरेका थिए। सो छलफलमा प्रचण्ड उपस्थित थिएनन्। प्रचण्डका लागि राखिएको कुर्सी खाली थियो।
दुई अध्यक्षबिच तिक्तता पुर्ण सम्बन्ध रहेका कारण प्रचण्ड बालुवाटारको त्यो बैठकमा गएका थिएनन्।
साउन १३ गते प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक एकतर्फी रुपमा स्थगित गरेको भन्दै आक्रोशित बनेका प्रचण्डले बालुवाटारमै ओली इतरका स्थायी कमिटि सदस्यहरुको बैठक गरेका थिए। बैठकमा २९ जना स्थायी कमिटी सदस्यको उपस्थिति रहेको थियो।
विवाद समाधानका लागि सुझाव दिन साउन ३० गते कार्यदल गठन भएसँगै दुई अध्यक्षको सम्बन्धमा पनि सुधार आएको हो।
कार्यदलको प्रतिवेदनकै आधारमा आज बस्ने स्थायी कमिटि बैठकको प्रस्ताव तयार भएको छ।
स्थायी कमिटी बैठक बस्ने अघिल्लो दिन दुई अध्यक्ष बालुवाटारको कार्यक्रममा सँगै देखिनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ।
दुई अध्यक्षको सहकार्य सुरु भएको प्रचण्ड निकटका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए।
‘दुई अध्यक्षबिच रहेका असहमतिहरू हट्दै गएका छन्। अब उहाँहरुको सहकार्य सुरू भएको छ’, उनले भने,’हाम्रो पार्टीका लागि यो सकारात्मक सुरूवात हो।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












