प्रवक्ता श्रेष्ठको निजी सचिवालय अन्तर्गत कोभिड–१९ स्वयंसेवा गठन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता तथा संघीय सांसद नारायणकाजी श्रेष्ठ ‘प्रकाश’कोे निजी सचिवालय अन्तर्गत कोभिड–१९ स्वयंसेवा ( सीभीएस) गठन हुने भएको छ ।
कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले विभिन्न नीति, योजना र कार्यक्रम अघि बढाएपनि सरकारका कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउन आआफ्नो ठाउबाट सहयोग गर्न आवश्यक रहेको ठहर गर्दै श्रेष्ठको सचिवालयले कोभिड १९ स्वयंसेवा गठन आवश्यक रहेको जनाएको छ ।
‘सरकारले आफ्नो कामलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन ध्यान दिनुपर्ने आवश्यकता आफ्नो ठाँउमा छ, तर सरकारको कामलाई सफल बनाउन र कोभिडको संक्रणबाट समाजलाई बचाउन हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नु जरुरी छ ।
त्यसमा पनि श्रमिक, गरीब र असहाय समुदाय सबै कोणबाट पीडादायी अबस्थामा छ र त्यो समुदाय केन्द्रित सहयोगमा स्वयंसेवी हात बढाउनु आजको आवश्यकता हो । यस आवश्यकतालाई महसुस गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य, प्रवक्ता एवं सांसद नारायणकाजी श्रेष्ठको नीजि सचिवालय अन्तर्गत कोभिड–१९ स्वयं सेवाको गठन गर्ने निर्णय गरिएको छ,’ श्रेष्ठको निजी सचिवलयले जनाएको छ ।
सिभिएस अन्तर्गत कोभिड उपचार सम्बन्धी प्रकिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग, मनोसामाजिक परामर्श, आपतकालिन स्वास्थ्य परामर्श, आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तीमा समन्वय तथा सहयोग र कोभिड–१९ बारे सचेतना जस्ता क्रियाकलाप सञ्चलन हुनेछन् । स्वयंसेवा सर्भिसलाई नेपाल सरकारको कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी नीति, योजना र निर्देशलाई मूल मार्गनिर्देशन मानी त्यसलाई कार्यान्वयन गर्न सहयोग पुर्याउन विभिन्न कार्यदेश समेत तोकिएको छ ।
जसअनुसार संघीय सरकार लगायत तीनै तहका सरकार, स्वास्थ्य मन्त्रालय एवं सम्बन्धित स्वास्थ्य संस्थाहरु र अन्य क्रियाशील सरोकारवाला संस्थाहरुले कोभिड–१९ को नियन्त्रण र उपचारको सन्दर्भमा गरिरहेको कार्यमा सम्बन्धित जनसाधारणको हितमा सहजीकरण एवं समन्वय गरी सहयोग पुर्याउने, सीभीएसकासदस्यहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कोभिड संक्रमणको सम्भाव्यता र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको पीसीआर परीक्षण गर्न सहजीकरण गर्ने, परीक्षण भए पश्चात द्रुत रिर्पोट प्राप्तिको लागि पहल गर्ने र संक्रमण भए नभएको निश्चित नभएसम्मको लागि उक्त व्यक्तिको शारिरिक तथा मानसिक स्वास्थ्य अवस्थाको विशेष ख्याल राख्न सहयोग पुर्याउने, कोभिड संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई थप उपचार तथा अन्य सहयोेग आवश्यक परेको खण्डमा अस्पताल, आइसोलेसन सेन्टर प्राप्त गर्न तथा त्यहाँ पुर्याउन सहयोग गर्ने र यदि घरमै आइसोलेसनमा बस्दा हुने अवस्थामा आइपर्ने समस्या र चुनौतिको सामना गर्न सहजीकरण गर्ने लगायतका कार्यदेश रहेका छन् ।
त्यस्तै रोजगारीको सिलसिलामा विदेशी भूमिमा पुगेर रोजगारी गुमाई तथा आफ्नो भिषा अवधि सकिएर विदेशमा बेवारिसे बनेका नेपाली नागरिकलाई सुरक्षित घर फिर्तीको लागि परराष्ट्र मन्त्रालय, कन्सुलेट अफिस, दूतावासहरु, तीनै तहका सरकार र मातहतका निकायहरुसँग आवश्यक समन्वय गर्ने र अन्य सम्भाव्य सेवा तथा सहयोग गर्न प्रयत्न गर्ने उल्लेख छ । स्वयंसेवाको कामलाई प्रभावकारी र जनउत्तरदायी बनाउन सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिताका साथै कार्यालय, रेपिड रेस्पोन्स टिम र अन्य आवश्यक उप–समितिहरु निर्माण गरिएको सचिवालयले जनाएको छ । यससम्बन्धी सहजीकरण, सहयोग तथा समन्वयको आवश्यकता परेमा इमेल [email protected] तथा तोकिएका २९ जनालाई सम्पर्क गर्न सकिने सचिवालले जनाएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












