प्रवक्ता श्रेष्ठको निजी सचिवालय अन्तर्गत कोभिड–१९ स्वयंसेवा गठन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता तथा संघीय सांसद नारायणकाजी श्रेष्ठ ‘प्रकाश’कोे निजी सचिवालय अन्तर्गत कोभिड–१९ स्वयंसेवा ( सीभीएस) गठन हुने भएको छ ।
कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले विभिन्न नीति, योजना र कार्यक्रम अघि बढाएपनि सरकारका कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउन आआफ्नो ठाउबाट सहयोग गर्न आवश्यक रहेको ठहर गर्दै श्रेष्ठको सचिवालयले कोभिड १९ स्वयंसेवा गठन आवश्यक रहेको जनाएको छ ।
‘सरकारले आफ्नो कामलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन ध्यान दिनुपर्ने आवश्यकता आफ्नो ठाँउमा छ, तर सरकारको कामलाई सफल बनाउन र कोभिडको संक्रणबाट समाजलाई बचाउन हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नु जरुरी छ ।
त्यसमा पनि श्रमिक, गरीब र असहाय समुदाय सबै कोणबाट पीडादायी अबस्थामा छ र त्यो समुदाय केन्द्रित सहयोगमा स्वयंसेवी हात बढाउनु आजको आवश्यकता हो । यस आवश्यकतालाई महसुस गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य, प्रवक्ता एवं सांसद नारायणकाजी श्रेष्ठको नीजि सचिवालय अन्तर्गत कोभिड–१९ स्वयं सेवाको गठन गर्ने निर्णय गरिएको छ,’ श्रेष्ठको निजी सचिवलयले जनाएको छ ।
सिभिएस अन्तर्गत कोभिड उपचार सम्बन्धी प्रकिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग, मनोसामाजिक परामर्श, आपतकालिन स्वास्थ्य परामर्श, आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तीमा समन्वय तथा सहयोग र कोभिड–१९ बारे सचेतना जस्ता क्रियाकलाप सञ्चलन हुनेछन् । स्वयंसेवा सर्भिसलाई नेपाल सरकारको कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी नीति, योजना र निर्देशलाई मूल मार्गनिर्देशन मानी त्यसलाई कार्यान्वयन गर्न सहयोग पुर्याउन विभिन्न कार्यदेश समेत तोकिएको छ ।
जसअनुसार संघीय सरकार लगायत तीनै तहका सरकार, स्वास्थ्य मन्त्रालय एवं सम्बन्धित स्वास्थ्य संस्थाहरु र अन्य क्रियाशील सरोकारवाला संस्थाहरुले कोभिड–१९ को नियन्त्रण र उपचारको सन्दर्भमा गरिरहेको कार्यमा सम्बन्धित जनसाधारणको हितमा सहजीकरण एवं समन्वय गरी सहयोग पुर्याउने, सीभीएसकासदस्यहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कोभिड संक्रमणको सम्भाव्यता र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको पीसीआर परीक्षण गर्न सहजीकरण गर्ने, परीक्षण भए पश्चात द्रुत रिर्पोट प्राप्तिको लागि पहल गर्ने र संक्रमण भए नभएको निश्चित नभएसम्मको लागि उक्त व्यक्तिको शारिरिक तथा मानसिक स्वास्थ्य अवस्थाको विशेष ख्याल राख्न सहयोग पुर्याउने, कोभिड संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई थप उपचार तथा अन्य सहयोेग आवश्यक परेको खण्डमा अस्पताल, आइसोलेसन सेन्टर प्राप्त गर्न तथा त्यहाँ पुर्याउन सहयोग गर्ने र यदि घरमै आइसोलेसनमा बस्दा हुने अवस्थामा आइपर्ने समस्या र चुनौतिको सामना गर्न सहजीकरण गर्ने लगायतका कार्यदेश रहेका छन् ।
त्यस्तै रोजगारीको सिलसिलामा विदेशी भूमिमा पुगेर रोजगारी गुमाई तथा आफ्नो भिषा अवधि सकिएर विदेशमा बेवारिसे बनेका नेपाली नागरिकलाई सुरक्षित घर फिर्तीको लागि परराष्ट्र मन्त्रालय, कन्सुलेट अफिस, दूतावासहरु, तीनै तहका सरकार र मातहतका निकायहरुसँग आवश्यक समन्वय गर्ने र अन्य सम्भाव्य सेवा तथा सहयोग गर्न प्रयत्न गर्ने उल्लेख छ । स्वयंसेवाको कामलाई प्रभावकारी र जनउत्तरदायी बनाउन सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिताका साथै कार्यालय, रेपिड रेस्पोन्स टिम र अन्य आवश्यक उप–समितिहरु निर्माण गरिएको सचिवालयले जनाएको छ । यससम्बन्धी सहजीकरण, सहयोग तथा समन्वयको आवश्यकता परेमा इमेल [email protected] तथा तोकिएका २९ जनालाई सम्पर्क गर्न सकिने सचिवालले जनाएको छ ।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












