मन्त्रिपरिषद् बैठक बस्दै : कुलमान र वामदेवबारे के होला निर्णय?
काठमाडौं । आज साँझ मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ।
बैठक ५ बजे बस्ने तय भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाइले जानकारी दिए।
बालुवाटारमा बस्ने बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति गर्नेछ। कुलमान घिसिङको कार्यकाल आइतवारबाट सकिएको छ।
उनी नै दोहोरिने सम्भवना रहेको छ। तर, कार्यकारी निर्देशक नियुक्तिबारे मन्त्रिपरिषद्मा प्रस्ताव गइसकेको छैन। मन्त्रालयले प्रस्ताव तयार गरी सके पनि एकपटक रोकिएको स्रोतले बतायो।
प्रधानमन्त्री केपी शर्मा ओलीको मनस्थिति बुझेपछि मात्रै उर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लैजाने मन्त्रस्थिति बनाएका छन्। पुनले घिसिङलाई नै दोहोर्याउने प्रस्ताव लाने तयारी गरेका छन्।
‘मन्त्रिपरिषद्मा प्रस्ताव गइसकेको छैन। आजको मन्त्रिपरिषद् बैठकमा सिइओबारे छलफल चाहि हुन्छ,’ बालुवाटार स्रोतले भन्यो।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय हुने बताइएको छ।
नेकपाको १८ गते बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। तर, त्यसपछि मन्त्रिपरिषद् बैठकमा गौतमबारे छलफल भएको थिएन।
प्रधानमन्त्री ओलीले आगामी मन्त्रिपरिषद्बाट निर्णय हुने बताएका थिए।आजको बैठकमा गौतमबारे निर्णय हुन सक्ने सम्भावना रहेको छ।
त्यस्तै अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त घिमिरेले आइतवार कार्यकाल पूरा भएर बिदा भएका छन्। रिक्त आयुक्तका विषयमा पनि मन्त्रिपरिषद्ले निर्णय लिन सक्नेछ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












