मन्त्रिपरिषद् बैठक बस्दै : कुलमान र वामदेवबारे के होला निर्णय?
काठमाडौं । आज साँझ मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ।
बैठक ५ बजे बस्ने तय भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाइले जानकारी दिए।
बालुवाटारमा बस्ने बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति गर्नेछ। कुलमान घिसिङको कार्यकाल आइतवारबाट सकिएको छ।
उनी नै दोहोरिने सम्भवना रहेको छ। तर, कार्यकारी निर्देशक नियुक्तिबारे मन्त्रिपरिषद्मा प्रस्ताव गइसकेको छैन। मन्त्रालयले प्रस्ताव तयार गरी सके पनि एकपटक रोकिएको स्रोतले बतायो।
प्रधानमन्त्री केपी शर्मा ओलीको मनस्थिति बुझेपछि मात्रै उर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लैजाने मन्त्रस्थिति बनाएका छन्। पुनले घिसिङलाई नै दोहोर्याउने प्रस्ताव लाने तयारी गरेका छन्।
‘मन्त्रिपरिषद्मा प्रस्ताव गइसकेको छैन। आजको मन्त्रिपरिषद् बैठकमा सिइओबारे छलफल चाहि हुन्छ,’ बालुवाटार स्रोतले भन्यो।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय हुने बताइएको छ।
नेकपाको १८ गते बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। तर, त्यसपछि मन्त्रिपरिषद् बैठकमा गौतमबारे छलफल भएको थिएन।
प्रधानमन्त्री ओलीले आगामी मन्त्रिपरिषद्बाट निर्णय हुने बताएका थिए।आजको बैठकमा गौतमबारे निर्णय हुन सक्ने सम्भावना रहेको छ।
त्यस्तै अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त घिमिरेले आइतवार कार्यकाल पूरा भएर बिदा भएका छन्। रिक्त आयुक्तका विषयमा पनि मन्त्रिपरिषद्ले निर्णय लिन सक्नेछ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












