मन्त्रीपरिषद् पुनर्गठनको यस्तो छ ओली- प्रचण्डको आन्तरिक तयारी
काठमाडौं । दसैंअघि नै सरकार पुर्नगठन तयारीमा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा सरकार पुनर्गठन, लामो समयदेखि संवैधानिक अंगमा रिक्त पदाधिकारी पदपूर्ति, विश्वविद्यालयमा नियुक्ति, पार्टी एकताका बाँकी काम टुंगो लगाउनेलगायत विषयमा छलफल भएको हो ।
‘शुक्रबार पनि दुई घण्टाभन्दा बढी समय छलफल भएको छ,’ स्रोतले भन्यो, ‘अध्यक्षद्वयबीच निरन्तर छलफल जारी छ, यद्यपि, निर्णय भने केही भएको छैन ।’
सरकार पुनर्गठन गर्दा सबै मन्त्री हेरफेर गर्ने, दुई वर्ष पुगेकालाई मात्रै हटाउने वा कार्यसम्पादनका आधारमा हेरफेरलगायत विकल्पबारे छलफल भइरहेको छ । ओली र दाहालबीच गम्भीर छलफल भइरहेकाले छिट्टै टुंगो लाग्ने स्रोतले बतायो ।
शुक्रबारको छलफलमा रित्त कृषि तथा वन विश्वविद्यालय उपकुलपतिमा डा. पुण्यप्रसाद रेग्मी र नेपाल संस्कृत विश्वविद्यालय उपकुलपतिमा डा. यादव लामिछानेलाई नियुक्त गर्ने सहमति ओली र दाहालबीच स्रोत बताउ“छ ।
नेकपाको गत आइतबार र मंगलबारको सचिवालय बैठक, २६ भदौमा सम्पन्न स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने, संवैधानिक नियुक्तिलाई पूर्णता दिने र पार्टी एकताका बाँकी रहेका काम टुंगो लगाउने जिम्मेवारी दुई अध्यक्षका साथै महासचिव विष्णु पौडेललाई दिएको थियो ।
संवैधानिक नियुक्ति टुंगो लगाउन संवैधानिक परिषद् बैठक बस्नुपर्ने हुन्छ । यसका लागि प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालले विभिन्न चरणमा छलफल गरिसकेका छन् ।
यो पनि पढ्नुहोस दसैंअघि नै सरकार पुनर्गठन
नेकपा सचिवालय बैठकले समेत सरकारलाई यी नियुक्ति टुंगो लगाउन आग्रह गरिसकेको छ । संवैधानिक निकायका करिब ४० भन्दा बढी पदाधिकारी, विश्वविद्यालयमा पदाधिकारीका साथै अन्य महत्वपूर्ण नियुक्ति नेकपाले एकसाथ ठूलो संख्यामा राजनीतिक नियुक्ति गृहकार्य थालेको छ । यी निकायमा पदाधिकारी नहु“दा कामकारबाही प्रभावित हु“दै आएको छ । ओली र दाहालले पार्टी निर्णय एवं छलफलकै आधारमा नियुक्ति प्रक्रिया अघि बढाउन खोजेका छन् ।
ओली र दाहालबीच गृहकार्य भइरहेको बताउँदै स्रोतले सचिवालय बैठकको निर्णयकै आधारमा यी कामले पूर्णता पाउने दाबी ग¥यो । अहिले तत्काल गर्नुपर्ने महत्वपूर्ण काम छलफलकै आधारमा टुंग्याउन गृहकार्य भइरहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित दुई आयुक्त, निर्वाचन आयोगमा दुई आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा चार सदस्य, राष्ट्रिय महिला आयोगमा अध्यक्ष र चार सदस्य, राष्ट्रिय दलित आयोगमा अध्यक्ष र चार सदस्य पद रिक्त छ ।
यसैगरी, समावेशी आयोगमा अध्यक्ष र तीन सदस्य, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र चार सदस्य, मधेसी आयोगमा चार सदस्य, थारु आयोगमा चार सदस्य, मुस्लिममा आयोगमा पनि चार सदस्य पद रिक्त छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












