मन्त्रीपरिषद् पुनर्गठनको यस्तो छ ओली- प्रचण्डको आन्तरिक तयारी
काठमाडौं । दसैंअघि नै सरकार पुर्नगठन तयारीमा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा सरकार पुनर्गठन, लामो समयदेखि संवैधानिक अंगमा रिक्त पदाधिकारी पदपूर्ति, विश्वविद्यालयमा नियुक्ति, पार्टी एकताका बाँकी काम टुंगो लगाउनेलगायत विषयमा छलफल भएको हो ।
‘शुक्रबार पनि दुई घण्टाभन्दा बढी समय छलफल भएको छ,’ स्रोतले भन्यो, ‘अध्यक्षद्वयबीच निरन्तर छलफल जारी छ, यद्यपि, निर्णय भने केही भएको छैन ।’
सरकार पुनर्गठन गर्दा सबै मन्त्री हेरफेर गर्ने, दुई वर्ष पुगेकालाई मात्रै हटाउने वा कार्यसम्पादनका आधारमा हेरफेरलगायत विकल्पबारे छलफल भइरहेको छ । ओली र दाहालबीच गम्भीर छलफल भइरहेकाले छिट्टै टुंगो लाग्ने स्रोतले बतायो ।
शुक्रबारको छलफलमा रित्त कृषि तथा वन विश्वविद्यालय उपकुलपतिमा डा. पुण्यप्रसाद रेग्मी र नेपाल संस्कृत विश्वविद्यालय उपकुलपतिमा डा. यादव लामिछानेलाई नियुक्त गर्ने सहमति ओली र दाहालबीच स्रोत बताउ“छ ।
नेकपाको गत आइतबार र मंगलबारको सचिवालय बैठक, २६ भदौमा सम्पन्न स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने, संवैधानिक नियुक्तिलाई पूर्णता दिने र पार्टी एकताका बाँकी रहेका काम टुंगो लगाउने जिम्मेवारी दुई अध्यक्षका साथै महासचिव विष्णु पौडेललाई दिएको थियो ।
संवैधानिक नियुक्ति टुंगो लगाउन संवैधानिक परिषद् बैठक बस्नुपर्ने हुन्छ । यसका लागि प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालले विभिन्न चरणमा छलफल गरिसकेका छन् ।
यो पनि पढ्नुहोस दसैंअघि नै सरकार पुनर्गठन
नेकपा सचिवालय बैठकले समेत सरकारलाई यी नियुक्ति टुंगो लगाउन आग्रह गरिसकेको छ । संवैधानिक निकायका करिब ४० भन्दा बढी पदाधिकारी, विश्वविद्यालयमा पदाधिकारीका साथै अन्य महत्वपूर्ण नियुक्ति नेकपाले एकसाथ ठूलो संख्यामा राजनीतिक नियुक्ति गृहकार्य थालेको छ । यी निकायमा पदाधिकारी नहु“दा कामकारबाही प्रभावित हु“दै आएको छ । ओली र दाहालले पार्टी निर्णय एवं छलफलकै आधारमा नियुक्ति प्रक्रिया अघि बढाउन खोजेका छन् ।
ओली र दाहालबीच गृहकार्य भइरहेको बताउँदै स्रोतले सचिवालय बैठकको निर्णयकै आधारमा यी कामले पूर्णता पाउने दाबी ग¥यो । अहिले तत्काल गर्नुपर्ने महत्वपूर्ण काम छलफलकै आधारमा टुंग्याउन गृहकार्य भइरहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित दुई आयुक्त, निर्वाचन आयोगमा दुई आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा चार सदस्य, राष्ट्रिय महिला आयोगमा अध्यक्ष र चार सदस्य, राष्ट्रिय दलित आयोगमा अध्यक्ष र चार सदस्य पद रिक्त छ ।
यसैगरी, समावेशी आयोगमा अध्यक्ष र तीन सदस्य, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र चार सदस्य, मधेसी आयोगमा चार सदस्य, थारु आयोगमा चार सदस्य, मुस्लिममा आयोगमा पनि चार सदस्य पद रिक्त छन् ।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












