झन् चर्कियो चीन-भारत सीमा विवाद
एजेन्सि । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतद्वारा स्थापित कथित केन्द्र प्रशासित प्रदेश लद्दाखलाई आफ्नो देशले मान्यता नदिने बताएको छ।
तर भारतले चीनको यो दाबीलाई अस्वीकार गरेको छ।
भारतको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै जवाफ दिएकाे छ, ‘हामीले भारत–चीन वास्तविक नियन्त्रण रेखाबारे चीनको एक प्रवक्तालाई उद्धृत गर्दै लेखिएको रिपोर्ट देख्यौं। एकतर्फी रूपमा सन् १९५९ मा बनाएको एलएसीलाई भारतले कहिले पनि स्वीकार गरेको छैन। हाम्रो सधैं यही स्थिती रह्यो र चीनसमेत सबैलाई यो कुरा थाहा हुनुपर्छ।’
अगाडि भनिएको छ, ‘सन् २००३ सम्म दुवै तर्फबाट एलएसीको निर्धारण दिशामा कोसिस भइरह्यो, तर पछि चीनले यसमा रुचि देखाउन छाड्यो। जसका कारण यो प्रक्रिया रोकियो। त्यसैले अब चीनले एउटा मात्रै एलएसी छ भन्ने कुरालाई जोड दिनु उसले दिएको वचनको उल्लंघन हो।’
चीन सरकारको नजिक मानिने पत्रिका ग्लोबल टाइम्सका अनुसार भारतको सीमासँग जोडिएको क्षेत्रमा सडक निर्माण भइरहेको छ। यसबारे वाङ वेनबिनले भने, ‘चीन विवादित सीमावर्ती क्षेत्रमा सैनिकद्वारा नियन्त्रणको उद्देश्यले आधारभूत ढाँचा निर्माणको विरोध गर्छ।’
चीनको विदेश मन्त्रालयका प्रवक्ताले थपे, ‘हालै चीन र भारतबीच बनेको सहमतिअनुसार कुनै पनि पक्षले सीमा क्षेत्रमा कुनै पनि कारबाही गर्नु हुँदैन, जसका कारण स्थिति अझ जटिल बनोस् र स्थिति नियन्त्रण गर्ने दुवै पक्षको प्रयासमा असर नपरोस्।’
भारतले कडा प्रतिक्रिया दिँदै आफूले पनि सन् १९५९ को एलसीलाई मान्यता नदिने चेतावनी दिएको छ।
धारा ३७० खारेज
भारत सरकारले २०१९ अगस्ट ५ मा आफ्नो संविधानको धारा ३७० अनुसार भारत प्रशासित कस्मिरले पाउने विशेष राज्यको अधिकार अन्त्य गरेको थियो र राज्यलाई विभाजन गरेर दुई केन्द्र शासित प्रदेशमा बाँडेको थियो।
एउटालाई जम्मु–कस्मिर र लद्दाखलाई अर्कै प्रदेश बनाइएको थियो।
हुन त र भारत र चीनबीच सीमा विवाद निकै पुरानो विषय हो, तर हालैका दिनमा यो अझ चुलिएको छ। यसै वर्ष अप्रिल–मेमा भारत–चीन वास्तविक नियन्त्रण रेखा ९एलएसी० मा लद्दाखको गलवान उपत्याकानजिकै चीनका सैनिक भारतले आफ्नो दाबी गरेको क्षेत्रमा आएर बस्न थालेको खबर सार्वजनिक हुन थाले।
वार्ता जारी
समस्या सुल्झाउन दुई देशका सैन्य अधिकारीबीच थुप्रै चरण वार्ता भएको भए पनि भए खासै उपलब्धि हुन सकेन।
स्थिति त्यतिबेलादेखि थप गम्भीर बन्यो, जब गत जुन १५ मा दुई देशका सेनाबीच हिंसात्मक झडप भयो। जसमा भारतका २० सैनिक मारिए। भारतले चीनका सैनिक पनि मारिएको दाबी गरे पनि चीन आफैंले यसबारे अहिलेसम्म केही बताएको छैन।
यसपछि सीमामा समझदारी कायम गर्न सैन्य, कूटनीतिक र राजनीतिक स्तरमा वार्ता भइरहेका छन्।
सीमामा तैनाथ शीर्ष सैन्य अधिकारीबीच छलफल मात्र होइन, यसबीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले चीनका विदेशमन्त्रीसँग भेटवार्ता पनि गरे। तर समस्या सुल्झन सकेन। अझ यसबीच सीमामा दुई देशबीच फायरिङ भएका खबर आइरहेका छन्।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











