नेकपा स्थायी कमिटीमा महरालाई ल्याउन ओली अनिच्छुक
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीमा पूर्बसभामुख कृष्ण बहादुर महरालाई ल्याउन अध्यक्ष केपी शर्मा ओली अनिच्छुक देखिएका छन्।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले महराले अदालतबाट सफाइ पाइसकेको स्थायी कमिटीमा ल्याउन इच्छा राखेका छन् । तर, ओलीले महराको विषयमा थप छलफल गर्नुपर्ने भन्दै रोकेको महरानिकट एक नेताले बताए।
अध्यक्ष प्रचण्डले महरालाई यसअघि असोज ५ गते पेरिसडाँडामा बसेको सचिवालय बैठकबाट स्थायी कमिटीमा ल्याउने तयारी गरेका थिए। तर, अर्का अध्यक्ष ओलीले दुई अध्यक्षले थप छलफल गरेर मात्रै स्थायी कमिटीमा ल्याउने भनेपछि रोकिएको थियो।
‘पार्टी अध्यक्ष ओली कमरेडले महरा सरलाई भेटेर छलफल गर्नुपर्छ भन्नु भएको थियो। एक पटक भेटेर छलफल गरेपछि पार्टीमा फर्काउन सजिलो हुन्छ भन्नु भएको थियो,’ महरानिकट ती नेताले भने, ‘तर, महरा सरले ओली कमरेडलाई भेट्न धेरै पटक प्रयास गर्नुभयो। अहिलेसम्म भेट्ने समय मिलेको छैन।’
सभामुख हुँदा महराले मिलेनियम च्यालेन्ज कर्पोरेसन कर्पोरेसन (एमसिसी) पारित गराउन सहयोग नगरेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट थिए। त्यहीँ विषयलाई प्रधानमन्त्रीले इगो बनाएकाले महरालाई स्थायी कमिटीमा ल्याउन समस्या भएको हुन सक्ने महरा निकट नेताहरुको विश्लेषण छ।
तर, महरानिकट केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ले ‘महरा सर’ स्थायी कमिटीमा छिट्टै आउन सक्ने बताए। ‘महरा सरलाई स्थायी कमिटीमा ल्याउन प्रचण्ड सकारात्मक हुनुहुन्छ। अर्का अध्यक्ष पनि सहमत भए उहाँलाई स्थायी कमिटीमा ल्याउन समस्या हुँदैनहोला,’ शर्माले भने, ‘गत असोज ६ गतेको सचिवालय बैठकले एकताका बाँकी कामसँगै पार्टी नेताहरुको कार्यविभाजन समेत टुंगो लगाउने भनिएकाले त्यसैमा महरा सरबारे प्याकेजमा टुंगिन सक्छ।’
महरा माओवादी पार्टीमा हुँदा सचिवालय सदस्यको जिम्मेवारीमा थिए। वाम गठबन्धनबाट महरा सभामुख भएका थिए। संसद सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुराचार गरेको आरोप लागेपछि गत असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। त्यहीँ विषयमा मुद्धा परेपछि जिल्ला अदालत काठमाडौंले गत फागुन ५ गते निर्दोष सावित गरी सफाइ देखिएको थियो।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












