नेकपा स्थायी कमिटीमा महरालाई ल्याउन ओली अनिच्छुक
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीमा पूर्बसभामुख कृष्ण बहादुर महरालाई ल्याउन अध्यक्ष केपी शर्मा ओली अनिच्छुक देखिएका छन्।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले महराले अदालतबाट सफाइ पाइसकेको स्थायी कमिटीमा ल्याउन इच्छा राखेका छन् । तर, ओलीले महराको विषयमा थप छलफल गर्नुपर्ने भन्दै रोकेको महरानिकट एक नेताले बताए।
अध्यक्ष प्रचण्डले महरालाई यसअघि असोज ५ गते पेरिसडाँडामा बसेको सचिवालय बैठकबाट स्थायी कमिटीमा ल्याउने तयारी गरेका थिए। तर, अर्का अध्यक्ष ओलीले दुई अध्यक्षले थप छलफल गरेर मात्रै स्थायी कमिटीमा ल्याउने भनेपछि रोकिएको थियो।
‘पार्टी अध्यक्ष ओली कमरेडले महरा सरलाई भेटेर छलफल गर्नुपर्छ भन्नु भएको थियो। एक पटक भेटेर छलफल गरेपछि पार्टीमा फर्काउन सजिलो हुन्छ भन्नु भएको थियो,’ महरानिकट ती नेताले भने, ‘तर, महरा सरले ओली कमरेडलाई भेट्न धेरै पटक प्रयास गर्नुभयो। अहिलेसम्म भेट्ने समय मिलेको छैन।’
सभामुख हुँदा महराले मिलेनियम च्यालेन्ज कर्पोरेसन कर्पोरेसन (एमसिसी) पारित गराउन सहयोग नगरेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट थिए। त्यहीँ विषयलाई प्रधानमन्त्रीले इगो बनाएकाले महरालाई स्थायी कमिटीमा ल्याउन समस्या भएको हुन सक्ने महरा निकट नेताहरुको विश्लेषण छ।
तर, महरानिकट केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ले ‘महरा सर’ स्थायी कमिटीमा छिट्टै आउन सक्ने बताए। ‘महरा सरलाई स्थायी कमिटीमा ल्याउन प्रचण्ड सकारात्मक हुनुहुन्छ। अर्का अध्यक्ष पनि सहमत भए उहाँलाई स्थायी कमिटीमा ल्याउन समस्या हुँदैनहोला,’ शर्माले भने, ‘गत असोज ६ गतेको सचिवालय बैठकले एकताका बाँकी कामसँगै पार्टी नेताहरुको कार्यविभाजन समेत टुंगो लगाउने भनिएकाले त्यसैमा महरा सरबारे प्याकेजमा टुंगिन सक्छ।’
महरा माओवादी पार्टीमा हुँदा सचिवालय सदस्यको जिम्मेवारीमा थिए। वाम गठबन्धनबाट महरा सभामुख भएका थिए। संसद सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुराचार गरेको आरोप लागेपछि गत असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। त्यहीँ विषयमा मुद्धा परेपछि जिल्ला अदालत काठमाडौंले गत फागुन ५ गते निर्दोष सावित गरी सफाइ देखिएको थियो।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












