दिल्ली आईपीएलको शीर्ष स्थानमा, सन्दीपले मौका पाएनन्
काठमाडाैँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जीत हात पारेको छ ।
सारजाहमा गएराति भएको खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको हो ।
सारजाह क्रिकेट मैदानमा दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सक्यो ।
कोलकत्ताका लागि नितिश रानाले ५८ रनको अर्धशतकीय इनिङ्स खेले भने इयान मोर्गनले ४४ र राहुल त्रिपाठीले ३६ रन बनाए ।
शुबमन गिल २८, आन्द्रे रसेल १३ रनमा आउट हुँदा कप्तान दिनेश कार्तिक ६ रनमा पभेलियन फर्किए ।
दिल्लीका एन्रीच नोर्ट्जेले ३ विकेट लिए भने हर्सल पटेलले २ तथा अमित मिश्रा, मार्कुस स्टोइनिस र कागिसो राबडाले १–१ विकेट लिए ।
दिल्लीका सुरुवाती चार खेलमा नेपाली लेग स्पिनर सन्दीपले भने खेल्ने मौका पाएका छैनन् । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार चौंथो खेलमा पनि टिममा नपरेका हुन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रनको विशाल योगफल बनाएको थियो ।
दिल्लीका लागि कप्तान श्रेयस अय्यरले ३८ बलमा अविजित ८८ रन बनाए भने पृथ्वी शाले ४१ बलमा ६६ रनको योगदान दिए । ऋषब पन्तले ३८ रन जोडे भने शिखर धवनले २६ रन बनाए ।
कोलकत्ताका आन्द्रे रसेलले २, वरुण चक्रवर्ती र कमलेस नगरकोटीले एक एक विकेट लिए ।
जितसँगै दिल्ली ४ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोलकत्ताले ४ खेलमा ४ अंक जोडेर पाँचौ स्थानमा छ ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











