नेपाल पक्षको आरोपः ओली पुरानै शैलीमा फर्किए, प्रचण्डले अडान लिन सकेनन्
काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन्।
प्रचण्डले कार्यकारी अध्यक्षका रुपमा सरकार तथा पार्टी सञ्चालनको विषयमा प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै नेपाल समूहले असन्तुष्टि व्यक्त गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ववत् आफूखुसी गर्न थालेको तर त्यसमा अध्यक्ष प्रचण्डले आपत्ति जनाउन नसकेको नेपाल पक्षको बुझाइ छ।
‘स्थायी कमिटीको बैठक भएको २५ दिन भइसक्यो। सरकार र पार्टी सञ्चालनको कुनै ठोस विषय आउन सकेको छैन,’ नेपालनिकट एक स्थायी कमिटीका सदस्यले भने, ‘यसबीचमा प्रचण्ड दशौँ पटक बालुवाटार पुग्नु भयो। तर कुनै विषयलाई किनारा लगाउन सक्नु भएको छैन।’
नेपाल पक्षका नेताहरुले स्थायी कमिटीको बैठकयता प्रचण्डको भूमिका कार्यकारी अध्यक्षको जस्तो नभई प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगीजस्तो मात्रै भएको आरोप लगाएका छन्।
भदौको अन्तिम साता तीन महिनादेखि पार्टीभित्र देखिएको विवादको समाधान गर्ने भन्दै दुवै अध्यक्षहरुले प्रस्ताव अघि सारेका थिए। जसमा यो प्रतिनिधिसभाको पूरै कार्यकाल प्रधानमन्त्री ओलीले नै सरकारको नेतृत्व गर्ने र कार्यकारी अधिकारसहित प्रचण्डले पार्टी सञ्चालन गर्ने उल्लेख थियो। तर, सरकार मात्रै नभएर पार्टी सञ्चालनको काम समेत ठिकसँगले हुन नसकेको नेपाल पक्षको आरोप छ।
‘हामीले पहिले नै भनेका थियौँ, प्रधानमन्त्रीको संकट मात्रै टार्नेगरी अधकल्चो सहमति नगरौँ,’ ती नेताले भने, ‘त्यही कारण अहिले स्थायी कमिटीले पारित गरेअनुसार प्रचण्ड अघि बढ्न सक्नु भएको छैन।’
पछिल्लो समयमा नेकपाभित्र देखिएको विवादमा प्रचण्ड र नेपाल एकैतिर थिए। वैशाखको दोस्रो साताबाट चर्किएको नेकपाको झगडा भदौको चौथो सातामा आएर विराम लागेको थियो। विवादका कारण स्थायी कमिटीको बैठक बस्ने नसक्ने अवस्था उत्पन्न भएर पटक पटक स्थगित गर्नु परेको थियो। असन्तुष्ट पक्षले प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद त्याग्नु पर्ने बताएका थिए। दुवै पद नछाड्ने ओलीले अडान लिएपछि पार्टी विभाजनको अवस्थामा पुगेको थियो।
पार्टीमा कुनै प्रकारको सहमति नगरिकनै प्रधानमन्त्री ओलीले अमेरिका तथा बेलायतका लागि राजदूत नियुक्ति गर्दा पनि अध्यक्ष प्रचण्डले गम्भीरताका साथ कुरा नउठाएको उनीहरुको आरोप छ।
अध्यक्ष प्रचण्डले ओलीको गलत कदमको विरोध नगरी लेनदेनमा समझदारी गर्न खोजेको नेपाल पक्षका नेताहरु बताउँछन्।
‘मुख्य राजनीतिक नियुक्तिका विषयमा पार्टीभित्र छलफल हुनुपर्ने हो। तर, त्यसो भएको देखिँदैन,’ नेपालनिकट ती नेता भन्छन्, ‘तर, प्रचण्डले गलत कदमको विरोध गर्नुभन्दा लेनदेनमा विषयमा टुङग्याउन खोजेको देखिन्छ।’
यद्यपि यसबीचमा प्रचण्डले नेता नेपालसँग नियमित रुपमा भेटघाट र परामर्श भने गरिरहेका छन्।
‘बालुवाटारमा दुई अध्यक्षहरुबीच छलफल हुनुभन्दा अघि वा पछि नियमित रुपमा छलफल हुने गरेको छ। हामीसँग गरेको कुरा बालुवाटारमा गर्नु हुन्छ कि अन्य कुरामा जान्छ भनेर भन्न सक्ने अवस्था भने छैन,’ ती नेताले भने।
Comments
अरु समाचार
-
३५ वर्षमा नभएको कुरा ३५ मिनेटमै नखोजौँ: प्रधानमन्त्री शाह
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले जोखिमयुक्त स्थानमा बसोबास गरिरहेकाले काठमाडौं उपत्यकाको खोला किनारका सुकुम्वासीलाई हटाइएको बताएका छन् । आइतबार बसेको प्रतिनिधि...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...












