नेपाल पक्षको आरोपः ओली पुरानै शैलीमा फर्किए, प्रचण्डले अडान लिन सकेनन्
काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन्।
प्रचण्डले कार्यकारी अध्यक्षका रुपमा सरकार तथा पार्टी सञ्चालनको विषयमा प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै नेपाल समूहले असन्तुष्टि व्यक्त गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ववत् आफूखुसी गर्न थालेको तर त्यसमा अध्यक्ष प्रचण्डले आपत्ति जनाउन नसकेको नेपाल पक्षको बुझाइ छ।
‘स्थायी कमिटीको बैठक भएको २५ दिन भइसक्यो। सरकार र पार्टी सञ्चालनको कुनै ठोस विषय आउन सकेको छैन,’ नेपालनिकट एक स्थायी कमिटीका सदस्यले भने, ‘यसबीचमा प्रचण्ड दशौँ पटक बालुवाटार पुग्नु भयो। तर कुनै विषयलाई किनारा लगाउन सक्नु भएको छैन।’
नेपाल पक्षका नेताहरुले स्थायी कमिटीको बैठकयता प्रचण्डको भूमिका कार्यकारी अध्यक्षको जस्तो नभई प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगीजस्तो मात्रै भएको आरोप लगाएका छन्।
भदौको अन्तिम साता तीन महिनादेखि पार्टीभित्र देखिएको विवादको समाधान गर्ने भन्दै दुवै अध्यक्षहरुले प्रस्ताव अघि सारेका थिए। जसमा यो प्रतिनिधिसभाको पूरै कार्यकाल प्रधानमन्त्री ओलीले नै सरकारको नेतृत्व गर्ने र कार्यकारी अधिकारसहित प्रचण्डले पार्टी सञ्चालन गर्ने उल्लेख थियो। तर, सरकार मात्रै नभएर पार्टी सञ्चालनको काम समेत ठिकसँगले हुन नसकेको नेपाल पक्षको आरोप छ।
‘हामीले पहिले नै भनेका थियौँ, प्रधानमन्त्रीको संकट मात्रै टार्नेगरी अधकल्चो सहमति नगरौँ,’ ती नेताले भने, ‘त्यही कारण अहिले स्थायी कमिटीले पारित गरेअनुसार प्रचण्ड अघि बढ्न सक्नु भएको छैन।’
पछिल्लो समयमा नेकपाभित्र देखिएको विवादमा प्रचण्ड र नेपाल एकैतिर थिए। वैशाखको दोस्रो साताबाट चर्किएको नेकपाको झगडा भदौको चौथो सातामा आएर विराम लागेको थियो। विवादका कारण स्थायी कमिटीको बैठक बस्ने नसक्ने अवस्था उत्पन्न भएर पटक पटक स्थगित गर्नु परेको थियो। असन्तुष्ट पक्षले प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद त्याग्नु पर्ने बताएका थिए। दुवै पद नछाड्ने ओलीले अडान लिएपछि पार्टी विभाजनको अवस्थामा पुगेको थियो।
पार्टीमा कुनै प्रकारको सहमति नगरिकनै प्रधानमन्त्री ओलीले अमेरिका तथा बेलायतका लागि राजदूत नियुक्ति गर्दा पनि अध्यक्ष प्रचण्डले गम्भीरताका साथ कुरा नउठाएको उनीहरुको आरोप छ।
अध्यक्ष प्रचण्डले ओलीको गलत कदमको विरोध नगरी लेनदेनमा समझदारी गर्न खोजेको नेपाल पक्षका नेताहरु बताउँछन्।
‘मुख्य राजनीतिक नियुक्तिका विषयमा पार्टीभित्र छलफल हुनुपर्ने हो। तर, त्यसो भएको देखिँदैन,’ नेपालनिकट ती नेता भन्छन्, ‘तर, प्रचण्डले गलत कदमको विरोध गर्नुभन्दा लेनदेनमा विषयमा टुङग्याउन खोजेको देखिन्छ।’
यद्यपि यसबीचमा प्रचण्डले नेता नेपालसँग नियमित रुपमा भेटघाट र परामर्श भने गरिरहेका छन्।
‘बालुवाटारमा दुई अध्यक्षहरुबीच छलफल हुनुभन्दा अघि वा पछि नियमित रुपमा छलफल हुने गरेको छ। हामीसँग गरेको कुरा बालुवाटारमा गर्नु हुन्छ कि अन्य कुरामा जान्छ भनेर भन्न सक्ने अवस्था भने छैन,’ ती नेताले भने।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












