लुम्बिनी प्रदेशको राजधानी राजपत्र ‘देउखुरी’ लेखेपछि बल्झियो विवाद
काठमाडौं । लुम्बिनी प्रदेशको स्थायी मुकाम तय गर्ने बेलामा त्यहाँको सरकारले दाङ जिल्लाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदीको मैदानी भाग, देउखुरी उपत्यका भनेर प्रस्ताव गरेको थियो ।
सरकारले प्रस्ताव गरेकै देउखुरी उपत्यकालाई प्रस्ताव गरेको स्थायी राजधानीलाई प्रदेशसभाका दुईतिहाइ बढी सांददले अनुमोदन गरे । प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ मत पअनुमोदन गरे । प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ मत पर्यो ।
तर, असोज २० गते प्रकाशित भएको प्रदेश राजपत्रमा शीतगंगा नगरपालिका र गढवा गाउँपालिकाको नाम हटाइएको छ । प्रदेश राजपत्रमा ‘राप्ती उपत्यका (देउखुरी) लाई प्रदेश नम्बर पाँचको राजधानी पारित गरिएको’ उल्लेख छ ।
अहिले प्रदेशसभामा दुईतिहाइ जुटाउन प्रदेश सरकार र मुख्यमन्त्री शङ्कर पोखरेलले चलाखी गरेको पनि टिप्पणी भइरहेको छ । प्रदेश सरकारले भने राप्ती उपत्यकाले प्रदेश सरकारले सदनमा प्रस्ताव गरेको र सभाले अनुमोदन गरेको सबै भूभाग समेट्ने जिकिर गरेको छ ।
“साझा नाम तय गर्दा राप्ती उपत्यका र देउखुरी क्षेत्र भनेर राखिएको हो । लुम्बिनी प्रदेशको बृहत्तर राजधानीभित्र पर्छन्,” मुख्यमन्त्री स्रोत भन्छ । राप्ती उपत्यका देउखुरीअन्तर्गत शीतगंगा नगरपालिका र गढवा गाउँपालिका मात्र नभई, लमही नगरपालिका, प्युठानको सरुमारानी गाउँपालिका र कपिलवस्तुको शिवराज नगरपालिकाको नदी तटीय मैदानी क्षेत्र पर्ने मुख्यमन्त्री स्रोतको भनाइ छ ।
“भालुबाङ, सिसहनिया, मौरीघाट, नर्ती, गढवा, गवडिया र लमही, अर्घाखाँचीका जलुके र लामाताल क्षेत्र, प्युठानको बाङ्गेसाल र कपिलवस्तुको शिवपुर क्षेत्र राप्ती उपत्यका देउखुरीमा पर्ने तथ्य मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभाको बैठकमा प्रत्युत्तरका क्रममा स्पष्ट पार्नुभएको थियो । र, यिनै क्षेत्रहरू लुम्बिनी प्रदेशको बृहत्तर राजधानीमा परेका छन्,” मुख्यमन्त्री स्रोतले भन्यो ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












