बालुवाटारमा ओली-प्रचण्डबीच मन्त्री बन्ने र हट्नेको सूची साटासाट
काठमाडाैँ । महिनौंदेखि मन्त्रिमण्डल पुनर्गठनको विषय चर्चामा आए पनि आजसम्म त्यसले मूर्तरूप लिन सकेको छैन ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दिनहुँ जसो हुने भेट पनि त्यसैमा केन्द्रित हुने गरेको धेरै भइसक्यो । तर,दुबै अध्यक्ष आफ्नै अडानमा रहेको कारण ‘भ्यागुताको धार्नी’ कहिल्यै नपुगेको बताइन्छ ।
आज पनि दुई जना अध्यक्षबीच बालुवाटारमा लामै छलफल भयो । मन्त्रिमण्डल पुनर्गठन भन्दै दाहालले प्रधानमन्त्रीलाई एउटा लिष्ट नै दिनुभएको स्रोतको दाबी छ । लिष्टमा अध्यक्ष दाहालले पूर्व एमाओवादीको तर्फबाट भन्दै आठ जनाको नाम दिनुभएको हो । जसमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री वर्षमान पुन र खानेपानी मन्त्री वीना मगरलाई कायम राख्नुपर्ने उल्लेख छ ।
नयाँ मन्त्रीका लागि पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव र देव गुरुङ्गको नाम सिफारिश गरिएको छ । तर,तीमध्ये चार जनाप्रति प्रधानमन्त्री ओलीले चर्को असन्तुष्टि पोखेपछि दाहाल अप्ठेरोमा पर्नुभएको अनुमान गरिएको छ ।
प्रधानमन्त्रीले दाहाललाई लिष्टमा उल्लेख गरिएकामध्ये चार जनाको नामा हटाएर अरु नै चार जना थप्न पटक पटक आग्रह गर्नुभएको बताइन्छ । प्रधानमन्त्रीले स्पष्ट रूपमा टोपबहादुर रायमाझी,हरिबोल गजुरेल, र लेखराज भट्ट र प्रभु साहको नाम पूर्व एमाओवादीको लिष्टमा एडजष्ट गर्न भन्नुभएको हो ।
यता, दाहाललाई सुनाउँदै पूर्व एमालेको तर्फबाट प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको सूचीअनुसार नयाँ बन्ने मन्त्रीहरूमा विष्णु पौडेल, भीम रावल, तुलसा थापा, सुरेन्द्र पाण्डे, महेश बस्नेत र गोकुल बाँस्कोटा रहेका छन् । तर, प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको मन्त्रीको सूचीलाई लिएर दाहालले केही पनि प्रतिक्रिया उल्लेख नगर्नुभएको स्रोतको दाबी छ ।
त्यसक्रममा प्रधानमन्त्रीले अहिलेका मन्त्रीमध्ये अनिवार्य रूपमा दुई जनालाई तत्काल हटाउनुपर्ने बताउनु भएको थियो । पहिलो चरणमै हटाउनुपर्ने मन्त्रीहरूको सूचीमा कृषि मन्त्री घनश्याम भुसाल र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको नाम सबैभन्दा अगाडि रहेको छ । यी दुई जनालाई कुनैपनि हालतमा मन्त्री पदमा निरन्तरता दिन प्रधानमन्त्री अनिच्छुक रहनुभएको हो ।
यसैबीच प्रधानमन्त्रीले उपाध्यक्ष वामदेव गौतमसँग हिजो गर्नुभएको भेटको सूचना बाहिरिएसँगै आज गौतम पत्नी तुलसा थापाको नाम मन्त्रीमा राखेर त्यतैबाट आउनुलाई ‘बाघ कराउनु र बाख्रा हराउनु’ को संयोग मात्र मान्न नसकिने स्रोतको दाबी छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












