बालुवाटारमा ओली-प्रचण्डबीच मन्त्री बन्ने र हट्नेको सूची साटासाट
काठमाडाैँ । महिनौंदेखि मन्त्रिमण्डल पुनर्गठनको विषय चर्चामा आए पनि आजसम्म त्यसले मूर्तरूप लिन सकेको छैन ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दिनहुँ जसो हुने भेट पनि त्यसैमा केन्द्रित हुने गरेको धेरै भइसक्यो । तर,दुबै अध्यक्ष आफ्नै अडानमा रहेको कारण ‘भ्यागुताको धार्नी’ कहिल्यै नपुगेको बताइन्छ ।
आज पनि दुई जना अध्यक्षबीच बालुवाटारमा लामै छलफल भयो । मन्त्रिमण्डल पुनर्गठन भन्दै दाहालले प्रधानमन्त्रीलाई एउटा लिष्ट नै दिनुभएको स्रोतको दाबी छ । लिष्टमा अध्यक्ष दाहालले पूर्व एमाओवादीको तर्फबाट भन्दै आठ जनाको नाम दिनुभएको हो । जसमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री वर्षमान पुन र खानेपानी मन्त्री वीना मगरलाई कायम राख्नुपर्ने उल्लेख छ ।
नयाँ मन्त्रीका लागि पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव र देव गुरुङ्गको नाम सिफारिश गरिएको छ । तर,तीमध्ये चार जनाप्रति प्रधानमन्त्री ओलीले चर्को असन्तुष्टि पोखेपछि दाहाल अप्ठेरोमा पर्नुभएको अनुमान गरिएको छ ।
प्रधानमन्त्रीले दाहाललाई लिष्टमा उल्लेख गरिएकामध्ये चार जनाको नामा हटाएर अरु नै चार जना थप्न पटक पटक आग्रह गर्नुभएको बताइन्छ । प्रधानमन्त्रीले स्पष्ट रूपमा टोपबहादुर रायमाझी,हरिबोल गजुरेल, र लेखराज भट्ट र प्रभु साहको नाम पूर्व एमाओवादीको लिष्टमा एडजष्ट गर्न भन्नुभएको हो ।
यता, दाहाललाई सुनाउँदै पूर्व एमालेको तर्फबाट प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको सूचीअनुसार नयाँ बन्ने मन्त्रीहरूमा विष्णु पौडेल, भीम रावल, तुलसा थापा, सुरेन्द्र पाण्डे, महेश बस्नेत र गोकुल बाँस्कोटा रहेका छन् । तर, प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको मन्त्रीको सूचीलाई लिएर दाहालले केही पनि प्रतिक्रिया उल्लेख नगर्नुभएको स्रोतको दाबी छ ।
त्यसक्रममा प्रधानमन्त्रीले अहिलेका मन्त्रीमध्ये अनिवार्य रूपमा दुई जनालाई तत्काल हटाउनुपर्ने बताउनु भएको थियो । पहिलो चरणमै हटाउनुपर्ने मन्त्रीहरूको सूचीमा कृषि मन्त्री घनश्याम भुसाल र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको नाम सबैभन्दा अगाडि रहेको छ । यी दुई जनालाई कुनैपनि हालतमा मन्त्री पदमा निरन्तरता दिन प्रधानमन्त्री अनिच्छुक रहनुभएको हो ।
यसैबीच प्रधानमन्त्रीले उपाध्यक्ष वामदेव गौतमसँग हिजो गर्नुभएको भेटको सूचना बाहिरिएसँगै आज गौतम पत्नी तुलसा थापाको नाम मन्त्रीमा राखेर त्यतैबाट आउनुलाई ‘बाघ कराउनु र बाख्रा हराउनु’ को संयोग मात्र मान्न नसकिने स्रोतको दाबी छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












