खुमलटारमा गोप्य भेला: कर्णाली विद्रोह’प्रति पूर्वमाओवादीको चेतावनी, लहरो तान्दा पहरो खस्ला
भेलामा नेपालनिकट सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली उपस्थित
काठमाडौं । नेकपा कर्णाली प्रदेश संसदीय दलका बहुमत सदस्यले त्यहाकाँ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दलको कार्यालयमा दर्ता गरेपछि पूर्वमाओवादी केन्द्र सशंकित बनेको छ ।
कर्णाली प्रदेशमा पूर्वएमालेहरू एक भएर मुख्यमन्त्री बनेका शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि पूर्वमाओवादी केन्द्रका नेताहरूले बहुमतको बलमा अरू प्रदेशमा पनि मुख्यमन्त्री हटाउने चेतावनी दिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालको निर्देशनअनुसारै माथि काम भएको हुनसक्ने औंल्याउँदै पूर्वमाओवादी क्षुब्ध बनेको हो।
आक्रोशित प्रचण्डले बिहानै खुमलटारमा गोप्य भेला आयोजना गरेर नेता नेपालसँग सोधेको पूर्वमाओवादी केन्द्रका एक नेताले बताए । खुमलटारको भेलामा नेता नेपालनिकट सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायत नेताहरू उपस्थित रहेको स्रोतको दाबी छ । पूर्वमाओवादी केन्द्रका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रदेश इन्चार्ज जनार्दन शर्मा, वर्षमान पुनलगायत नेताहरू थिए । केही माधव नेपालनिकट केन्द्रीय सदस्यहरू पनि सहभागी थिए ।
“केन्द्रका नेताहरूको डिजाइनअनुसारै काम भएको हो भने यसको असर अन्यत्र पनि पर्छ। प्रदेश ३ मा कर्णाली विद्रोह दोहोरिनसक्छ । प्रदेश नम्बर १ मा पनि त्यो समस्या पर्छ,” एक पूर्वमाओवादी केन्द्रका नेताले भने, “त्यहाँको पर्फमेन्स हामीलाई पनि चित्त बुझेको छैन। काम पनि गर्न नदिने, गरेन भनेर अविश्वासको प्रस्ताव ल्याउन पाइन्छ ?”
उनले पूर्वएमालेका पोलिटब्युरो र अहिलेका प्रदेशका सहइन्चार्ज रहेका यामलाल कँडेलको मुख्यमन्त्री बन्ने सपना भाँचिएकाले त्यसको प्रतिशोध साँधेको आरोप लगाए । कँडेलसहित पूर्वएमाले र माओवादी केन्द्रकासमेत गरी १८ सांसदले आइतबार मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसले नेकपाको केन्द्रीय राजनीति तरङ्गित बनेको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












