खुमलटारमा गोप्य भेला: कर्णाली विद्रोह’प्रति पूर्वमाओवादीको चेतावनी, लहरो तान्दा पहरो खस्ला
भेलामा नेपालनिकट सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली उपस्थित
काठमाडौं । नेकपा कर्णाली प्रदेश संसदीय दलका बहुमत सदस्यले त्यहाकाँ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दलको कार्यालयमा दर्ता गरेपछि पूर्वमाओवादी केन्द्र सशंकित बनेको छ ।
कर्णाली प्रदेशमा पूर्वएमालेहरू एक भएर मुख्यमन्त्री बनेका शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि पूर्वमाओवादी केन्द्रका नेताहरूले बहुमतको बलमा अरू प्रदेशमा पनि मुख्यमन्त्री हटाउने चेतावनी दिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालको निर्देशनअनुसारै माथि काम भएको हुनसक्ने औंल्याउँदै पूर्वमाओवादी क्षुब्ध बनेको हो।
आक्रोशित प्रचण्डले बिहानै खुमलटारमा गोप्य भेला आयोजना गरेर नेता नेपालसँग सोधेको पूर्वमाओवादी केन्द्रका एक नेताले बताए । खुमलटारको भेलामा नेता नेपालनिकट सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायत नेताहरू उपस्थित रहेको स्रोतको दाबी छ । पूर्वमाओवादी केन्द्रका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रदेश इन्चार्ज जनार्दन शर्मा, वर्षमान पुनलगायत नेताहरू थिए । केही माधव नेपालनिकट केन्द्रीय सदस्यहरू पनि सहभागी थिए ।
“केन्द्रका नेताहरूको डिजाइनअनुसारै काम भएको हो भने यसको असर अन्यत्र पनि पर्छ। प्रदेश ३ मा कर्णाली विद्रोह दोहोरिनसक्छ । प्रदेश नम्बर १ मा पनि त्यो समस्या पर्छ,” एक पूर्वमाओवादी केन्द्रका नेताले भने, “त्यहाँको पर्फमेन्स हामीलाई पनि चित्त बुझेको छैन। काम पनि गर्न नदिने, गरेन भनेर अविश्वासको प्रस्ताव ल्याउन पाइन्छ ?”
उनले पूर्वएमालेका पोलिटब्युरो र अहिलेका प्रदेशका सहइन्चार्ज रहेका यामलाल कँडेलको मुख्यमन्त्री बन्ने सपना भाँचिएकाले त्यसको प्रतिशोध साँधेको आरोप लगाए । कँडेलसहित पूर्वएमाले र माओवादी केन्द्रकासमेत गरी १८ सांसदले आइतबार मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसले नेकपाको केन्द्रीय राजनीति तरङ्गित बनेको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












