खुमलटारनिकट शीर्ष पाँच नेताको जुम मिटिङको रोचक किस्सा: अब के चालिएला त कदम ?
अहिलेको अवस्था कस्तो भने आफ्नो सरकारसङ्ग आफै डराउनुपर्ने, छुसुक्क भेट्यो कि अङ्गरक्षक वा ड्राइभरबाटै रिपोर्टिङ भैदिने, दूरसञ्चार र एनसेलको सिमबाट कुरा ग¥यो–रेकर्ड भएर सीधै सरकार प्रमुखसमक्ष कुरा पुग्ने । यस्तो खतरा आइलागेपछि सञ्चार सम्पर्क र सरसल्लाहको विधि अपनाइएको छ– जुम मिटिङ्गको ।
इन्टरनेटमार्फत भिडियो कलको सुविधायुक्त उक्त प्रविधिअन्तर्गत अघिल्लो मङ्गलबार सचिवालय बैठक डाकिनु दुई दिनअघि आइतबार बिहान नेकपाका खुमलटारनिकट शीर्ष पाँच नेताको जुम बैठकमा भएको रमाइलो संवाद भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको पेलाइबारे त्यसदिन नेताहरुवीच के–के छलफल भयो होला त ? किनभने त्यही छलफलको क्रममै उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतम ठुस्किएको थाहा पाएर सम्बन्ध सुधारको लागि बालुवाटारले बोलाएको थियो । र, त्यसयताको सचिवालय बैठक अहिलेसम्म अनिर्णित अवस्थामै छ ।
राजदूत र मुख्यसचिवमा भर्खरै एकलौटी नियुक्ति भएको पृष्ठभूमिवीच जुम मिटिङमा एकजना नेताले ‘अब ओलीजी नसच्चिने नै भए त ?’ भनेर सोधेपछि अध्यक्ष प्रचण्डले ‘अब पनि हामी पार्टी निर्णय र हितभन्दा बाहिर गएर प्रधानमन्त्रीले गर्ने जुनसुकै निर्णयबिरुद्ध माहौल बनाउने र कठोरभन्दा कठोर कदम चाल्न पछि नहट्ने हो भने सहिसाध्य हुन्न । म त्यहीअनुरूप योजना र कदम चाल्छु । कमरेडहरूले पनि त्यसै गर्नुपर्छ । मेरा दुई, तीनजना मान्छे चोरेर प्रधानमन्त्रीले केही गर्न सक्नुहुन्न । किनकि हामीसँग सचिवालयमा बहुमत छ, स्थायी समितिमा झण्डै दुई तिहाई छ र केन्द्रीय समितिमा स्पष्टसँग दुई तिहाई नै पु-याएर देखाउने छौं’ भने ।
‘म त हैरान नै भैसकेँ । पार्टीभित्रको यत्रो रस्साकसी र लफडापछि बल्ल एउटा सहमति गरियो तर प्रधानमन्त्रीले आफूखुसी फेरि राजदूत र मुख्यसचिव नियुक्त गर्नुभयो । दिनदिनै मसँग बालुवाटारमा भेट हुँदा भने त्यस्तो केही कुरा निकालिएको थिएन ।’ अध्यक्षको उक्त कुरो सुन्नेबित्तिकै पूर्व प्रधानमन्त्री झलनाथ खनालले थप्नुभयो ‘मलाई त पहिले नै शंका थियो यिनले पार्टी निर्णय मान्छन् भन्नेमा ।’
अनि वरिष्ठ नेता माधव नेपालले भने, ‘तपाईंहरूले यिनलाई के चिन्नुभएको छ ! मैले त राम्रोसँग भोगेर आएको छु । प्रचण्ड कमरेडले तुरुन्त मिटिङ बोलाउनुस् अनि त्यहिँ छिनोफानो हुन्छ अब ।’
तीनैजना शीर्षस्थ नेताको कुरोमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतमले सहि थपे । अनि सबैजनाले बहुमत हुँदाहुँदै आफूहरू पछाडि पर्नुमा गौतमले नै मौकामा लत्तो छाडेको विषय उठाउनुभयो । त्यहि कुरोलाई संकेत गर्दै खनालले भने ‘अब त वामदेव कमरेडले बुझ्नुभयो होला नि !’ माधव नेपाल पनि के कम, ‘तपाईंले हामीसँग एक वचन पनि सोधनी गर्नुभएन । अब भोग्नुस् केपीलाई । तपाईंले मसक्क आँटेको भए अहिले त्यो किस्सा सिद्धिसक्थ्यो’ भनेर पुरानो कुरा छुस्स कोट्याइदिनुभयो ।
गौतमको कमजोरी र त्यसैमा प्रधानमन्त्रीले खेल्नुभएको विषयलाई केलाउँदै खनालले ‘म पार्टी अध्यक्ष हुँदाहुँदै संसदीय दलमा मलाई हराएर केपीलाई जिताउनुभयो । अनि फेरि माधव नेपाललाई पार्टी अध्यक्षमा हराउनुभयो । त्यहिँबाट तपाईंको साइत बिग्रिएको हो भन्ने मलाई लाग्छ वामदेव कमरेड !’ भन्नुभयो । लगत्तै प्रवक्ता श्रेष्ठले गौतमलाई सोधे– ‘वामदेव कमरेड, किन तपाईंले त्यस्तो गर्नुभएको ?’ वामदेवले झटपट जवाफ दिनुभयो– ‘नत्र के गर्नु त केपीले पार्टी फुटाउन तयार पारेका रहेछन् अनि !’
प्रधानमन्त्रीले पार्टी फुटाउनेसम्मको चाल रचेको भन्ने गौतमको जवाफमा असहमति जनाउँदै माधवले भने, ‘सहाना प्रधान, वामदेव गौतम, आरके, सिपी जस्ताले त पार्टी फुटाएर चलाउन नसक्दा फेरि टाङ्गमुनि छिरेर आउनुपरेको थियो भने वहाँले फुटाउने रे ! झापा आन्दोलनका हस्तिहरूको त त्यो हालत भएको थियो । वहाँले न पार्टीको काम गर्नुभयो, न संगठनको । १४ वर्षचाँहि जेल बस्नुभएको थियो, त्यत्ति हो ।’
सबैको कुरो सुनेपछि गौतमले निकै गम्भीर हुँदै भने ‘मलाई केपीले जति धोका दिनुभयो ती सबै सहेँ । बारम्बार अपमानित भएर पनि बसेँ । मैले व्यक्तिगत रूपमा पाएको धोकालाई ठूलो मानेको छैन । अब पार्टी र देशले थप धोका पाउन भएन भन्ने मात्रै मेरो चाहना हो ।’
जुम मिटिङको बिट मार्ने बेलामा गौतमले फेरि थपे, ‘मैले वहाँलाई पटक पटक सहयोग गरेँ । अब भने थाकिसकेको छु । वहाँलाई मैंले जति सहयोग कसैले गरेको छैन । तर मलाई साह्रै अपमानित गरियो । मेरो केही लागेन । मैले पनि वहाँलाई सुधार्न नसकि निचोड निकालेको छु ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












