खुमलटारनिकट शीर्ष पाँच नेताको जुम मिटिङको रोचक किस्सा: अब के चालिएला त कदम ?
अहिलेको अवस्था कस्तो भने आफ्नो सरकारसङ्ग आफै डराउनुपर्ने, छुसुक्क भेट्यो कि अङ्गरक्षक वा ड्राइभरबाटै रिपोर्टिङ भैदिने, दूरसञ्चार र एनसेलको सिमबाट कुरा ग¥यो–रेकर्ड भएर सीधै सरकार प्रमुखसमक्ष कुरा पुग्ने । यस्तो खतरा आइलागेपछि सञ्चार सम्पर्क र सरसल्लाहको विधि अपनाइएको छ– जुम मिटिङ्गको ।
इन्टरनेटमार्फत भिडियो कलको सुविधायुक्त उक्त प्रविधिअन्तर्गत अघिल्लो मङ्गलबार सचिवालय बैठक डाकिनु दुई दिनअघि आइतबार बिहान नेकपाका खुमलटारनिकट शीर्ष पाँच नेताको जुम बैठकमा भएको रमाइलो संवाद भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको पेलाइबारे त्यसदिन नेताहरुवीच के–के छलफल भयो होला त ? किनभने त्यही छलफलको क्रममै उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतम ठुस्किएको थाहा पाएर सम्बन्ध सुधारको लागि बालुवाटारले बोलाएको थियो । र, त्यसयताको सचिवालय बैठक अहिलेसम्म अनिर्णित अवस्थामै छ ।
राजदूत र मुख्यसचिवमा भर्खरै एकलौटी नियुक्ति भएको पृष्ठभूमिवीच जुम मिटिङमा एकजना नेताले ‘अब ओलीजी नसच्चिने नै भए त ?’ भनेर सोधेपछि अध्यक्ष प्रचण्डले ‘अब पनि हामी पार्टी निर्णय र हितभन्दा बाहिर गएर प्रधानमन्त्रीले गर्ने जुनसुकै निर्णयबिरुद्ध माहौल बनाउने र कठोरभन्दा कठोर कदम चाल्न पछि नहट्ने हो भने सहिसाध्य हुन्न । म त्यहीअनुरूप योजना र कदम चाल्छु । कमरेडहरूले पनि त्यसै गर्नुपर्छ । मेरा दुई, तीनजना मान्छे चोरेर प्रधानमन्त्रीले केही गर्न सक्नुहुन्न । किनकि हामीसँग सचिवालयमा बहुमत छ, स्थायी समितिमा झण्डै दुई तिहाई छ र केन्द्रीय समितिमा स्पष्टसँग दुई तिहाई नै पु-याएर देखाउने छौं’ भने ।
‘म त हैरान नै भैसकेँ । पार्टीभित्रको यत्रो रस्साकसी र लफडापछि बल्ल एउटा सहमति गरियो तर प्रधानमन्त्रीले आफूखुसी फेरि राजदूत र मुख्यसचिव नियुक्त गर्नुभयो । दिनदिनै मसँग बालुवाटारमा भेट हुँदा भने त्यस्तो केही कुरा निकालिएको थिएन ।’ अध्यक्षको उक्त कुरो सुन्नेबित्तिकै पूर्व प्रधानमन्त्री झलनाथ खनालले थप्नुभयो ‘मलाई त पहिले नै शंका थियो यिनले पार्टी निर्णय मान्छन् भन्नेमा ।’
अनि वरिष्ठ नेता माधव नेपालले भने, ‘तपाईंहरूले यिनलाई के चिन्नुभएको छ ! मैले त राम्रोसँग भोगेर आएको छु । प्रचण्ड कमरेडले तुरुन्त मिटिङ बोलाउनुस् अनि त्यहिँ छिनोफानो हुन्छ अब ।’
तीनैजना शीर्षस्थ नेताको कुरोमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतमले सहि थपे । अनि सबैजनाले बहुमत हुँदाहुँदै आफूहरू पछाडि पर्नुमा गौतमले नै मौकामा लत्तो छाडेको विषय उठाउनुभयो । त्यहि कुरोलाई संकेत गर्दै खनालले भने ‘अब त वामदेव कमरेडले बुझ्नुभयो होला नि !’ माधव नेपाल पनि के कम, ‘तपाईंले हामीसँग एक वचन पनि सोधनी गर्नुभएन । अब भोग्नुस् केपीलाई । तपाईंले मसक्क आँटेको भए अहिले त्यो किस्सा सिद्धिसक्थ्यो’ भनेर पुरानो कुरा छुस्स कोट्याइदिनुभयो ।
गौतमको कमजोरी र त्यसैमा प्रधानमन्त्रीले खेल्नुभएको विषयलाई केलाउँदै खनालले ‘म पार्टी अध्यक्ष हुँदाहुँदै संसदीय दलमा मलाई हराएर केपीलाई जिताउनुभयो । अनि फेरि माधव नेपाललाई पार्टी अध्यक्षमा हराउनुभयो । त्यहिँबाट तपाईंको साइत बिग्रिएको हो भन्ने मलाई लाग्छ वामदेव कमरेड !’ भन्नुभयो । लगत्तै प्रवक्ता श्रेष्ठले गौतमलाई सोधे– ‘वामदेव कमरेड, किन तपाईंले त्यस्तो गर्नुभएको ?’ वामदेवले झटपट जवाफ दिनुभयो– ‘नत्र के गर्नु त केपीले पार्टी फुटाउन तयार पारेका रहेछन् अनि !’
प्रधानमन्त्रीले पार्टी फुटाउनेसम्मको चाल रचेको भन्ने गौतमको जवाफमा असहमति जनाउँदै माधवले भने, ‘सहाना प्रधान, वामदेव गौतम, आरके, सिपी जस्ताले त पार्टी फुटाएर चलाउन नसक्दा फेरि टाङ्गमुनि छिरेर आउनुपरेको थियो भने वहाँले फुटाउने रे ! झापा आन्दोलनका हस्तिहरूको त त्यो हालत भएको थियो । वहाँले न पार्टीको काम गर्नुभयो, न संगठनको । १४ वर्षचाँहि जेल बस्नुभएको थियो, त्यत्ति हो ।’
सबैको कुरो सुनेपछि गौतमले निकै गम्भीर हुँदै भने ‘मलाई केपीले जति धोका दिनुभयो ती सबै सहेँ । बारम्बार अपमानित भएर पनि बसेँ । मैले व्यक्तिगत रूपमा पाएको धोकालाई ठूलो मानेको छैन । अब पार्टी र देशले थप धोका पाउन भएन भन्ने मात्रै मेरो चाहना हो ।’
जुम मिटिङको बिट मार्ने बेलामा गौतमले फेरि थपे, ‘मैले वहाँलाई पटक पटक सहयोग गरेँ । अब भने थाकिसकेको छु । वहाँलाई मैंले जति सहयोग कसैले गरेको छैन । तर मलाई साह्रै अपमानित गरियो । मेरो केही लागेन । मैले पनि वहाँलाई सुधार्न नसकि निचोड निकालेको छु ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












