‘‘यो एउटा थोरै हदसम्मको पुनर्गठन हो, तिहारपछि व्यापक पुनर्गठन हुन्छ ”: सुवास नेम्वाङ
ईश्वर पोखरेललाई नयाँ जिम्मेवारी दिन सकिन्छ
काठमाडाैँ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले तिहारपछि मन्त्रिपरिषदमा व्यापक पुनर्गठन हुने बताएका छन्।
उपनेता नेम्वाङ तिहारपछि मन्त्रिपरिषदमा व्यापक पुनर्गठन हुने बताएका हुन्। नेम्वाङ भन्छन्, ‘‘यो एउटा थोरै हदसम्मको पुनर्गठन हो। तर व्यापक पुनर्गठन तिहारपछि हुन्छ । नेतृत्वपंक्तिको स्रोतबाट त्यही कुरा बाहिर आएको छ। दोस्रो, स्थायी कमिटीले, केन्द्रीय सचिवालयले छलफल गर्यो र पछिल्लो समय दुई अध्यक्षबीच पनि व्यापक छलफल भएको छ। छलफलबाट उहाँहरूले नै अहिले थोरै परिवर्तन र तिहारपछि व्यापक परिवर्तन गर्ने निष्कर्ष निकाल्नुभएको भन्ने छ। त्यसैले अहिलेको नियुक्ति दुई अध्यक्षको छलफलको परिणाम हो।’’
पार्टीमा मन्त्रिपरिषद पुनर्गठन नभएको भन्ने प्रश्नका जवाफमा नेम्वाङ भन्छन्, ‘‘मलाई त्यस्तो लाग्दैन। मैले अघि नै भनेँ– स्थायी कमिटी र सचिवालयमा छलफल भएपछि दुई अध्यक्षले निरन्तर छलफल गर्नुभयो। हामीले के बुझ्नुपर्छ भने उहाँहरूले स्थायी कमिटी र सचिवालयले म्यान्डेट दिएकै कारण छलफल गर्नुभएको हो। तपाईंहरू हाम्रो छलफल र सुझाबलाई आधार मानेर दुई अध्यक्षले टुंगोमा पु¥याउनु है भनिएको हो। उदाहरणका लागि अहिले व्यापक रूपमा पुनर्गठन गरौँ न त भन्ने कुरा पनि आएका हुन्। तर दुई अध्यक्षले धेरै छलफल गरेपछि अहिलेलाई थोरैमा सीमित रहौँ र यसबीचमा राम्रो गृहकार्य गरेर तिहारपछि व्यापक परिवर्तन गरौँला भन्ने तय भएअनुसार यो भएको हो। त्यसैले सबैको कुरा सुनेरै यो गरिएको हो भन्ने मेरो बुझाइ छ।
मेरो बुझाइमा अहिले उपप्रधानमन्त्री जिम्मेवारीविहीन हुनुभएको होइन । सबभन्दा पहिलो कुरा, सरकारमा रहेका हाम्रा मन्त्रीहरूमा, हाम्रा पार्टीका नेताहरूमा उहाँ प्रधानमन्त्रीसँग सबैभन्दा नजिकका, प्रधानमन्त्रीपछिको वरिष्ठ मित्र हुनुहुन्छ। उहाँहरूको बीचमा पक्कै पनि छलफल भएको होला। दोस्रो, उपप्रधानमन्त्रीजीले पटक–पटक भनेको मैले सुनेको छु कि प्रधानमन्त्रीले अहिले सबैको भावनालाई ध्यानमा राखेर परिवर्तन गर्दै अगाडि बढ्नुपर्छ, यसमा हामी सबैको सहयोग हुन्छ। मलाई लाग्छ, यही क्रममा यो भयो । जहाँसम्म तपाईंले सोध्नुभएको कुरा छ, उहाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीले राखेर ठूलो जिम्मेवारी दिनुभएको छ। त्यो के हो भने, सरकारका सबै काम हेर्ने, सबै मन्त्रालय र मन्त्रीहरूसँग सम्बन्धित काममा प्रधानमन्त्रीलाई सहयोग गर्न त्यस्तो व्यक्ति रहँदा सहज हुन्छ भन्ने निष्कर्षमा प्रधानमन्त्री पुग्नुभयो र निर्णय गर्नुभो भन्ने मलाई लाग्छ। अर्को कुरा, जिम्मेवारी भन्ने कुरा तिहारपछि ठूलो पुनर्गठन गर्ने कुरा छँदै छ, त्यस क्रममा यसलाई फेरि मिलाउन पनि सकिन्छ।
सुरुदेखि मेरो एउटा बुझाइ छ, दुई पार्टी एमाले र माओवादीको बीचमा हाम्रा दुई अध्यक्षहरू केपी ओली र पुष्पकमल दाहाल प्रचण्डज्यूको विशेष पहल र निर्णयमा पार्टी एकता भयो। एकतापछि एमाले र माओवादी पार्टी भनेको विगतको गर्विलो इतिहास मात्रै बन्यो। यथार्थ भनेको त नेकपा हो। अब अहिले त सबै नेकपाका नेता हुनुहुन्छ। अहिले त एउटै हिसाबले हेर्नुपर्छ र दुई अध्यक्षले पनि पर्याप्त ध्यान पुर्याउनुभएको छ भन्ने मलाई लाग्छ। अब जहाँसम्म समग्र देशको विचार गरेर, पार्टीभित्रका सम्पूर्ण भावनालाई ध्यानमा राखेर गर्ने कुरा छ, तिहारपछिको व्यापक पुनर्गठन गर्ने सन्देश यसैको परिणाम हो भन्ने मलाई लाग्छ। अहिले थोरै मात्र गरिँदै छ। किनभने सधैँ मन्त्रालय खाली राख्ने कुरा भएन र मन्त्रालयहरूलाई समेत समेट्दै व्यापक पुनर्गठन गर्दा पार्टीभित्र र मेची–महाकालीसम्म उठिरहेका भावनालाई पनि सम्बोधन गर्न सकिन्छ, आत्मसात् गर्न सकिन्छ भनेरै प्रधानमन्त्री र नेताहरूले यो कुरा भन्नुभएको हो भन्ने लाग्छ। त्यस क्रममा सबै कुरा समेटिन्छ भन्ने मलाई लाग्छ।
अहिले जतिसुकै धेरै चर्चा विभिन्न कोणबाट गर्दागर्दै पनि अहिले पार्टी एकीकरणको अभियानमा छ भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ। तर, त्यति गर्दागर्दै पनि हामीले जुन कुराका लागि लड्यौँ र जसलाई हामीले संविधानमा स्थापित ग¥यौँ र समावेशिताका सन्दर्भमा एउटा ऐतिहासिक उपलब्धि नै हासिल गरेका छौँ। हामीले समावेशितामा आधारित संविधान बनाएर कार्यान्वयनको चरणमा छौँ। यस्तो अवस्थामा हामीले महिलालगायत सबै ढंगले समावेशितालाई ध्यानमा राख्नैपर्छ। यो हाम्रो पार्टीले, सरकारले, हाम्रा नेताले सदासर्वदा ध्यान पु¥याउनुभएको छ। तर ध्यान पुर्याउँदा–पुर्याउँदै पनि यसमा कमजोरी रहेका छन्, अब व्यापक पुनर्गठन गर्दा त्यसतर्फ ध्यान दिइन्छ भन्ने मेरो विश्वास छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












