‘‘यो एउटा थोरै हदसम्मको पुनर्गठन हो, तिहारपछि व्यापक पुनर्गठन हुन्छ ”: सुवास नेम्वाङ
ईश्वर पोखरेललाई नयाँ जिम्मेवारी दिन सकिन्छ
काठमाडाैँ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले तिहारपछि मन्त्रिपरिषदमा व्यापक पुनर्गठन हुने बताएका छन्।
उपनेता नेम्वाङ तिहारपछि मन्त्रिपरिषदमा व्यापक पुनर्गठन हुने बताएका हुन्। नेम्वाङ भन्छन्, ‘‘यो एउटा थोरै हदसम्मको पुनर्गठन हो। तर व्यापक पुनर्गठन तिहारपछि हुन्छ । नेतृत्वपंक्तिको स्रोतबाट त्यही कुरा बाहिर आएको छ। दोस्रो, स्थायी कमिटीले, केन्द्रीय सचिवालयले छलफल गर्यो र पछिल्लो समय दुई अध्यक्षबीच पनि व्यापक छलफल भएको छ। छलफलबाट उहाँहरूले नै अहिले थोरै परिवर्तन र तिहारपछि व्यापक परिवर्तन गर्ने निष्कर्ष निकाल्नुभएको भन्ने छ। त्यसैले अहिलेको नियुक्ति दुई अध्यक्षको छलफलको परिणाम हो।’’
पार्टीमा मन्त्रिपरिषद पुनर्गठन नभएको भन्ने प्रश्नका जवाफमा नेम्वाङ भन्छन्, ‘‘मलाई त्यस्तो लाग्दैन। मैले अघि नै भनेँ– स्थायी कमिटी र सचिवालयमा छलफल भएपछि दुई अध्यक्षले निरन्तर छलफल गर्नुभयो। हामीले के बुझ्नुपर्छ भने उहाँहरूले स्थायी कमिटी र सचिवालयले म्यान्डेट दिएकै कारण छलफल गर्नुभएको हो। तपाईंहरू हाम्रो छलफल र सुझाबलाई आधार मानेर दुई अध्यक्षले टुंगोमा पु¥याउनु है भनिएको हो। उदाहरणका लागि अहिले व्यापक रूपमा पुनर्गठन गरौँ न त भन्ने कुरा पनि आएका हुन्। तर दुई अध्यक्षले धेरै छलफल गरेपछि अहिलेलाई थोरैमा सीमित रहौँ र यसबीचमा राम्रो गृहकार्य गरेर तिहारपछि व्यापक परिवर्तन गरौँला भन्ने तय भएअनुसार यो भएको हो। त्यसैले सबैको कुरा सुनेरै यो गरिएको हो भन्ने मेरो बुझाइ छ।
मेरो बुझाइमा अहिले उपप्रधानमन्त्री जिम्मेवारीविहीन हुनुभएको होइन । सबभन्दा पहिलो कुरा, सरकारमा रहेका हाम्रा मन्त्रीहरूमा, हाम्रा पार्टीका नेताहरूमा उहाँ प्रधानमन्त्रीसँग सबैभन्दा नजिकका, प्रधानमन्त्रीपछिको वरिष्ठ मित्र हुनुहुन्छ। उहाँहरूको बीचमा पक्कै पनि छलफल भएको होला। दोस्रो, उपप्रधानमन्त्रीजीले पटक–पटक भनेको मैले सुनेको छु कि प्रधानमन्त्रीले अहिले सबैको भावनालाई ध्यानमा राखेर परिवर्तन गर्दै अगाडि बढ्नुपर्छ, यसमा हामी सबैको सहयोग हुन्छ। मलाई लाग्छ, यही क्रममा यो भयो । जहाँसम्म तपाईंले सोध्नुभएको कुरा छ, उहाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीले राखेर ठूलो जिम्मेवारी दिनुभएको छ। त्यो के हो भने, सरकारका सबै काम हेर्ने, सबै मन्त्रालय र मन्त्रीहरूसँग सम्बन्धित काममा प्रधानमन्त्रीलाई सहयोग गर्न त्यस्तो व्यक्ति रहँदा सहज हुन्छ भन्ने निष्कर्षमा प्रधानमन्त्री पुग्नुभयो र निर्णय गर्नुभो भन्ने मलाई लाग्छ। अर्को कुरा, जिम्मेवारी भन्ने कुरा तिहारपछि ठूलो पुनर्गठन गर्ने कुरा छँदै छ, त्यस क्रममा यसलाई फेरि मिलाउन पनि सकिन्छ।
सुरुदेखि मेरो एउटा बुझाइ छ, दुई पार्टी एमाले र माओवादीको बीचमा हाम्रा दुई अध्यक्षहरू केपी ओली र पुष्पकमल दाहाल प्रचण्डज्यूको विशेष पहल र निर्णयमा पार्टी एकता भयो। एकतापछि एमाले र माओवादी पार्टी भनेको विगतको गर्विलो इतिहास मात्रै बन्यो। यथार्थ भनेको त नेकपा हो। अब अहिले त सबै नेकपाका नेता हुनुहुन्छ। अहिले त एउटै हिसाबले हेर्नुपर्छ र दुई अध्यक्षले पनि पर्याप्त ध्यान पुर्याउनुभएको छ भन्ने मलाई लाग्छ। अब जहाँसम्म समग्र देशको विचार गरेर, पार्टीभित्रका सम्पूर्ण भावनालाई ध्यानमा राखेर गर्ने कुरा छ, तिहारपछिको व्यापक पुनर्गठन गर्ने सन्देश यसैको परिणाम हो भन्ने मलाई लाग्छ। अहिले थोरै मात्र गरिँदै छ। किनभने सधैँ मन्त्रालय खाली राख्ने कुरा भएन र मन्त्रालयहरूलाई समेत समेट्दै व्यापक पुनर्गठन गर्दा पार्टीभित्र र मेची–महाकालीसम्म उठिरहेका भावनालाई पनि सम्बोधन गर्न सकिन्छ, आत्मसात् गर्न सकिन्छ भनेरै प्रधानमन्त्री र नेताहरूले यो कुरा भन्नुभएको हो भन्ने लाग्छ। त्यस क्रममा सबै कुरा समेटिन्छ भन्ने मलाई लाग्छ।
अहिले जतिसुकै धेरै चर्चा विभिन्न कोणबाट गर्दागर्दै पनि अहिले पार्टी एकीकरणको अभियानमा छ भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ। तर, त्यति गर्दागर्दै पनि हामीले जुन कुराका लागि लड्यौँ र जसलाई हामीले संविधानमा स्थापित ग¥यौँ र समावेशिताका सन्दर्भमा एउटा ऐतिहासिक उपलब्धि नै हासिल गरेका छौँ। हामीले समावेशितामा आधारित संविधान बनाएर कार्यान्वयनको चरणमा छौँ। यस्तो अवस्थामा हामीले महिलालगायत सबै ढंगले समावेशितालाई ध्यानमा राख्नैपर्छ। यो हाम्रो पार्टीले, सरकारले, हाम्रा नेताले सदासर्वदा ध्यान पु¥याउनुभएको छ। तर ध्यान पुर्याउँदा–पुर्याउँदै पनि यसमा कमजोरी रहेका छन्, अब व्यापक पुनर्गठन गर्दा त्यसतर्फ ध्यान दिइन्छ भन्ने मेरो विश्वास छ।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












