नेपाली सेनाले खेलकूद प्रशिक्षण शुरु गर्दै
काठमाडौँ । नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ ।
कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आआफ्नो युनिटमा फिर्ता पठाएको थियो ।
सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले खेलकूदलाई पुनः गति प्रदान गर्न दैनिक प्रशिक्षणलाई आगामी शुक्रबारदेखि निरन्तरता दिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
विश्व शान्तिकार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुरक्षा फौजको रूपमा ख्याति कमाएको नेपाली सेना मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पिन’ हो ।
सेनाले खेलकूदलाई तीव्रता प्रदान गर्ने विषयमा नीतिगत व्यवस्थाका लागि मन्त्रालय र राष्ट्रिय खेलकूद परिषद्सँग समन्वय गरिरहेको जानकारी दिएको छ ।
कोरोनाका कारण लकडाउनपछि हालसम्म केन्द्रले कुनै खेलकूद सञ्चालन गरेको छैन ।
नियमितरूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरी खेलाडी उत्पादन गर्न र खेलकूदको विकासका लागि नेपाली सेनाले महत्वपूर्ण योगदान दिँदै आएको छ ।
सेनाले पहिलो चरणमा सागमा सहभागी अन्तर्राष्ट्रियस्तरका खेलाडी, सेनाकै प्रशिक्षक, विश्वकप चरणमा छनोट भएका खेलाडी, दोस्रो चरणमा प्रधानसेनापति ट्रफीमा सञ्चालन हुने विधाका राष्ट्रिय खेलाडी र राष्ट्रिय खेलकूद परिषद्सँग समन्वयमा हुने खेलकूदका खेलाडीलाई प्रशिक्षण दिनेछ ।
कोरोनाका कारण स्थगन भएका प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत अन्तर्राष्ट्रिय ट्राई–एड्भान्चर, उच्चपर्वतीय ट्राई– एड्भान्चर, अन्तर्राष्ट्रिय महिला फुटबल, राष्ट्रिय भलिबल, खुल्ला म्याराथन दौड र प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता अनुकूल मिलाएर सञ्चालन गर्ने सेनाले जनाएको छ ।
सेनाले ३३ विधाका खेलमा सहभागिता जनाउँदै आएकामा एथलेटिक्स, फुटबल, बक्सिङ, तेक्वान्दो, आर्चरी, ब्याडमिन्टन, र्याफ्टिङ, महिला भलिबल, सुटिङका खेलाडीलाई कोभिड–१९ विरुद्ध सुरक्षात्मक उपाय अपनाएर लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकूद केन्द्रमा प्रशिक्षणमा राख्ने छ ।
धादिङमा सञ्चालन हुने ट्राई एडभेन्चरको रनिङ, साइक्लिङ र र्याफटिङमा सहभागी हुन स्वदेशी तथा विदेशी खेलाडीलाई पत्राचार गरिसकिएको जानकारी दिइएको छ ।
सैनिक पेशा र कौशलसँग सम्बन्धित खेललाई प्राथमिकतामा राखेर सेनाले खेल संरचना निर्माण गर्दै आएको छ ।
अन्तर्राष्ट्रियस्तरका खेलकूद कार्यक्रम सञ्चालन गर्नसक्ने सेनाको लगनखेलस्थित केन्द्रमा फुटबल खेल मैदान, कभर्ड हल, सुटिङ रेन्ज, कराँते हल, तेक्वान्दो हल, बक्सिङको रिङसहितका हल, त्यहाँस्थित नित्यकालीमा जिम हल र जङ्गीअड्डा परिसरमा फुटबल मैदान, एथलेटिक्स ट्र्याक, प्यारापिटलगायतका भौतिक पूर्वाधारका संरचना छन् ।
‘१३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता’ मा सेनाका खेलाडीले २३ स्वर्ण, ३१ रजत र ४९ कास्य अर्थात् ५० प्रतिशत पदक जित्न सफल भए ।
समग्र मुलुककै खेलकूद क्षेत्रको विकास र विस्तारका लागि नेपाली सेनाले ‘सैनिक खेलकूद भिजन, २०३०’ समेत तयार गरेको छ ।
सकलदर्जाको शारीरिक तथा मानसिक विकास गरी सक्षम, अनुशासित, साहसिक, पेशेवर र नेतृत्व गर्ने फौज तयार गर्न खेलकूदलाई सेनाले प्राथमिकतामा राखेको छ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












