‘नेकपा विभाजन हुनु भएन्, ओली नै प्रधानमन्त्री हुनु पर्छ भन्ने छैन’
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवादमा रुमलिएको बेला नेपालमा बाह्य शक्तिकेन्द्रको सक्रियता बढ्न थालेको छ। अबको सातामा चीन र भारतबाट नेपालमा कूटनीतिक भ्रमण हुँदैछ। यसै साता भारतीय विदेश सचिव हर्षवर्द्धन श्रीङ्गला नेपाल आउँदैछन्।
भारतीय विदेश सचिव हर्षवर्द्धन फर्केको दुई दिनपछि उत्तरी छिमेकी चीनबाट स्टेट काउन्सिलर वेइ फङह नेपाल आउँदै छन्। लि ख्छ्याङ नेतृत्वको चिनियाँ सरकारको पहिलो तहका स्टेट काउन्सिलर वेई नोभेम्बर २९ मा नेपाल आउन लागेको बताइएको छ। पछिल्लो पटक ‘रअ’ प्रमुख सामन्त कुमार गोयल नेपाल आएका थिए।
‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेट गरेपछि उनको आलोचनासमेत भएको थियो। ‘रअ’ प्रमुखको नेपाल भ्रमणको विषयमा नेकपा भित्रै पनि असन्तुष्टि र आलोचना भएको थियो। त्यस लगत्तै भारतीय सेना प्रमुख एमएम नरवणे नेपाल भ्रमणमा आए। पछिल्लो समय नेकपाको आन्तरिक विवाद उत्कर्षमा रहेको बेला छिमेकी राष्ट्रबाट हुने यस्ता भ्रमणलाई नेपालमा चासोका साथ हेर्न थालिएको छ।
यसअघि कोरोना भाइरसको महामारीको नियन्त्रणको प्रयाससँगै नेकपाको आन्तरिक विवाद मिलाउन पनि चिनियाँ राजदूतको सक्रियता रह्यो। अहिले पनि नेकपामा विवाद बल्झिरहँदा चिनियाँ पक्षको चासो बढेको चर्चा हुन थालेको छ। राजनीतिक वृत्तमा कतिपयले नेकपाभित्रको विवादमा चिनियाँ पक्षले हस्तक्षेपकारी भूमिका खेल्न थालेको टिप्पणी पनि गर्न थालेका छन्। यद्यपि दुई देशका कम्युनिस्ट पार्टी बिचको भाइचारा सम्बन्ध रहेका कारण पार्टी विवादमा चासो राखे पनि यही गर्नुपर्छ भनेर चीनले नभनेको नेकपाका नेताहरू बताउँछन्।
चीनले नेपालको भाइचारा पार्टी कम्युनिस्ट पार्टीको एकतामा जोड पक्कै दिएको छ। तर उसले नेपालको स्थायित्व र स्थिरतामा जोड गरिरहेको नेकपाका नेताको बुझाई छ। यहीबीच गत मंगलवारमात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी राजदूत होउले आज सोमवारमात्र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी छिन्। भेटमा प्रधानमन्त्री ओलीलाई सरकारमा राखिराख्ने गरी नेकपाको एकता बचाउने विषयमा भने उनले मुख नखोलेको स्रोतको भनाई छ।
‘चीनले नेपालमा सरकारको प्रमुख प्रधानमन्त्रीमा व्यक्ति को आउँछन्, को रहन्छन् भन्नेमा कुनै चासो र चिन्ता व्यक्त गरेको छैन, तर नेपालका राजनीतिक पार्टीहरू विभाजन नहोऊन, देशमा स्थिरता र स्थायित्व कायम होस भन्ने मात्र अहिले चीनको चासो देखिन्छ,’ चिनियाँ दूतावास स्रोत भन्छ। प्रधानमन्त्री ओलीलाई गत मङ्सिर २ मा भेट गर्दा चिनियाँ राजदूतले राष्ट्रपति सी जिनफिङ को पुस्तक दिएकी थिइन्।
दूतावास स्रोत भन्छ, ‘यसको प्रतिकात्मक अर्थ लाग्छ। त्यो हो, चीनमा कम्युनिस्ट पार्टीका प्रमुख सरकारको पनि प्रमुख छन्, अर्थात् राष्ट्रपति छन्। तर त्यहाँ कुनै विवाद छैन। व्यक्तिगत अहममा उनले न पार्टी चलाएका छन्, न सरकार नै। सामूहिक छलफलकै आधारमा राष्ट्रपति सिले पार्टी र सरकार चलाएका छन्। पार्टीको निर्देशन र निर्णयका आधारमा सरकारका काम कारबाही अगाडी बढाएका छन्।’
तर नेपालमा नेकपाका दुई अध्यक्ष मध्येका एक सरकारको समेत नेतृत्व गरिरहेका छन्। पार्टीभित्रको सामूहिक छलफलका आधारमा भन्दा व्यक्तिगत रुचिका आधारमा ओलीले सरकार चलाएका छन्। पार्टीलाई पनि गतिशील बनाउन नदिई बन्धक बनाइरहेका छन्। यसले चिनियाँ पक्ष ओलीको कार्यशैली र व्यवहारबाट चिढिएको छ। त्यस कारण पनि सरकार र पार्टी कसरी चलाउनु पर्छ भन्नेमा चिनियाँ राजदूतले सी जिनफिङको पुस्तक प्रधानमन्त्री ओलीलाई अध्ययन गर्न उपहार दिएर प्रतिकात्मक अर्थमा प्रधानमन्त्री र पार्टी अध्यक्ष कस्तो हुनुपर्छ भन्ने सन्देश दिन खोजेको अर्थमा बुझ्नुपर्ने चिनियाँ दूतावास स्रोतले भनेको छ।
राजदूत यान्छीले प्रधानमन्त्रीलाई पार्टीको अध्यक्ष र प्रधानमन्त्री समेत रहेका कारण पार्टी एकता जोगाउने दायित्व ओलीमा अलि बढी हुने भएकोले आवश्यक लचकता देखाएर पनि एकता जोगाउन अग्रसर हुनुपर्ने सन्देश भने दिएको स्रोत बताउँछ। उता प्रचण्डसँगको भेटमा पनि राजदूत यान्छीको भनाई उस्तै थियो। तर उनले प्रचण्डसँगको भेटमा सरकारको विषयमा प्रष्टै भनिदिएकी छिन्, ‘सरकारमा हाम्रो यही व्यक्ति रहनुपर्छ, उही रहनुपर्छ भन्ने कुनै इन्टरप्रियर छैन। त्यो तपाईँहरूको आन्तरिक मामिला हो। तर पार्टी एकता सकभर भत्कन दिनु हुदैन्।’
Comments
अरु समाचार
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...











