‘नेकपा विभाजन हुनु भएन्, ओली नै प्रधानमन्त्री हुनु पर्छ भन्ने छैन’
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवादमा रुमलिएको बेला नेपालमा बाह्य शक्तिकेन्द्रको सक्रियता बढ्न थालेको छ। अबको सातामा चीन र भारतबाट नेपालमा कूटनीतिक भ्रमण हुँदैछ। यसै साता भारतीय विदेश सचिव हर्षवर्द्धन श्रीङ्गला नेपाल आउँदैछन्।
भारतीय विदेश सचिव हर्षवर्द्धन फर्केको दुई दिनपछि उत्तरी छिमेकी चीनबाट स्टेट काउन्सिलर वेइ फङह नेपाल आउँदै छन्। लि ख्छ्याङ नेतृत्वको चिनियाँ सरकारको पहिलो तहका स्टेट काउन्सिलर वेई नोभेम्बर २९ मा नेपाल आउन लागेको बताइएको छ। पछिल्लो पटक ‘रअ’ प्रमुख सामन्त कुमार गोयल नेपाल आएका थिए।
‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेट गरेपछि उनको आलोचनासमेत भएको थियो। ‘रअ’ प्रमुखको नेपाल भ्रमणको विषयमा नेकपा भित्रै पनि असन्तुष्टि र आलोचना भएको थियो। त्यस लगत्तै भारतीय सेना प्रमुख एमएम नरवणे नेपाल भ्रमणमा आए। पछिल्लो समय नेकपाको आन्तरिक विवाद उत्कर्षमा रहेको बेला छिमेकी राष्ट्रबाट हुने यस्ता भ्रमणलाई नेपालमा चासोका साथ हेर्न थालिएको छ।
यसअघि कोरोना भाइरसको महामारीको नियन्त्रणको प्रयाससँगै नेकपाको आन्तरिक विवाद मिलाउन पनि चिनियाँ राजदूतको सक्रियता रह्यो। अहिले पनि नेकपामा विवाद बल्झिरहँदा चिनियाँ पक्षको चासो बढेको चर्चा हुन थालेको छ। राजनीतिक वृत्तमा कतिपयले नेकपाभित्रको विवादमा चिनियाँ पक्षले हस्तक्षेपकारी भूमिका खेल्न थालेको टिप्पणी पनि गर्न थालेका छन्। यद्यपि दुई देशका कम्युनिस्ट पार्टी बिचको भाइचारा सम्बन्ध रहेका कारण पार्टी विवादमा चासो राखे पनि यही गर्नुपर्छ भनेर चीनले नभनेको नेकपाका नेताहरू बताउँछन्।
चीनले नेपालको भाइचारा पार्टी कम्युनिस्ट पार्टीको एकतामा जोड पक्कै दिएको छ। तर उसले नेपालको स्थायित्व र स्थिरतामा जोड गरिरहेको नेकपाका नेताको बुझाई छ। यहीबीच गत मंगलवारमात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी राजदूत होउले आज सोमवारमात्र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी छिन्। भेटमा प्रधानमन्त्री ओलीलाई सरकारमा राखिराख्ने गरी नेकपाको एकता बचाउने विषयमा भने उनले मुख नखोलेको स्रोतको भनाई छ।
‘चीनले नेपालमा सरकारको प्रमुख प्रधानमन्त्रीमा व्यक्ति को आउँछन्, को रहन्छन् भन्नेमा कुनै चासो र चिन्ता व्यक्त गरेको छैन, तर नेपालका राजनीतिक पार्टीहरू विभाजन नहोऊन, देशमा स्थिरता र स्थायित्व कायम होस भन्ने मात्र अहिले चीनको चासो देखिन्छ,’ चिनियाँ दूतावास स्रोत भन्छ। प्रधानमन्त्री ओलीलाई गत मङ्सिर २ मा भेट गर्दा चिनियाँ राजदूतले राष्ट्रपति सी जिनफिङ को पुस्तक दिएकी थिइन्।
दूतावास स्रोत भन्छ, ‘यसको प्रतिकात्मक अर्थ लाग्छ। त्यो हो, चीनमा कम्युनिस्ट पार्टीका प्रमुख सरकारको पनि प्रमुख छन्, अर्थात् राष्ट्रपति छन्। तर त्यहाँ कुनै विवाद छैन। व्यक्तिगत अहममा उनले न पार्टी चलाएका छन्, न सरकार नै। सामूहिक छलफलकै आधारमा राष्ट्रपति सिले पार्टी र सरकार चलाएका छन्। पार्टीको निर्देशन र निर्णयका आधारमा सरकारका काम कारबाही अगाडी बढाएका छन्।’
तर नेपालमा नेकपाका दुई अध्यक्ष मध्येका एक सरकारको समेत नेतृत्व गरिरहेका छन्। पार्टीभित्रको सामूहिक छलफलका आधारमा भन्दा व्यक्तिगत रुचिका आधारमा ओलीले सरकार चलाएका छन्। पार्टीलाई पनि गतिशील बनाउन नदिई बन्धक बनाइरहेका छन्। यसले चिनियाँ पक्ष ओलीको कार्यशैली र व्यवहारबाट चिढिएको छ। त्यस कारण पनि सरकार र पार्टी कसरी चलाउनु पर्छ भन्नेमा चिनियाँ राजदूतले सी जिनफिङको पुस्तक प्रधानमन्त्री ओलीलाई अध्ययन गर्न उपहार दिएर प्रतिकात्मक अर्थमा प्रधानमन्त्री र पार्टी अध्यक्ष कस्तो हुनुपर्छ भन्ने सन्देश दिन खोजेको अर्थमा बुझ्नुपर्ने चिनियाँ दूतावास स्रोतले भनेको छ।
राजदूत यान्छीले प्रधानमन्त्रीलाई पार्टीको अध्यक्ष र प्रधानमन्त्री समेत रहेका कारण पार्टी एकता जोगाउने दायित्व ओलीमा अलि बढी हुने भएकोले आवश्यक लचकता देखाएर पनि एकता जोगाउन अग्रसर हुनुपर्ने सन्देश भने दिएको स्रोत बताउँछ। उता प्रचण्डसँगको भेटमा पनि राजदूत यान्छीको भनाई उस्तै थियो। तर उनले प्रचण्डसँगको भेटमा सरकारको विषयमा प्रष्टै भनिदिएकी छिन्, ‘सरकारमा हाम्रो यही व्यक्ति रहनुपर्छ, उही रहनुपर्छ भन्ने कुनै इन्टरप्रियर छैन। त्यो तपाईँहरूको आन्तरिक मामिला हो। तर पार्टी एकता सकभर भत्कन दिनु हुदैन्।’
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











