क्रिकेट टीमको प्रशिक्षण भोलिबाट मात्र
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले भोलिबाट मात्र प्रशिक्षण सुरू गर्ने भएको छ।
कोभिड-१९ महामारीका कारण स्थगित क्रिकेट टीमले चैतपछि पहिलो पटक सामूहिक प्रशिक्षण गर्न लागेको हो।
नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि मंसिर १० (आज) बाट काठमाडौंमा बन्द प्रशिक्षण शिविर सञ्चालन गर्ने जनाएको थियो। तर खेलाडी तथा प्रशिक्षकहरूको हिजो (९ गते) मात्र कोभिड-१९ परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।
कोभिड-१९ परीक्षणको नतिजा आज बेलुकीसम्म मात्र आउने भएका कारण क्रिकेट टीमको प्रशिक्षण भोलि मात्र हुने भएको हो।
‘‘कोभिड-१९ परीक्षणको नतिजा आज आउँछ। नतिजापछि मात्र को बस्ने को नबस्ने टुंगो लाग्छ। त्यसकारण भोलिबाट मात्र हाम्रो प्रशिक्षण सुरू हुन्छ,’’ प्रशिक्षक जगत टमाटाले देखापढीलाई भने।
क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको थियो। तर, चार खेलाडी मंगलबार स्वाब संकलनमा उपस्थित थिएनन्। उपस्थित नहुनेमा सन्दीप लामिछाने, करण केसी, वसन्त रेग्मी र सुवास खकुरेल छन्। खेलाडी, प्रशिक्षक तथा फिजियो गरी १८ जनाको परीक्षण गरिएको हो।
प्रशिक्षणमा बोलाइएका खेलाडीहरूःज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर, करण केसी, वसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललितनारायाण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












