क्रिकेट टीमको प्रशिक्षण भोलिबाट मात्र
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले भोलिबाट मात्र प्रशिक्षण सुरू गर्ने भएको छ।
कोभिड-१९ महामारीका कारण स्थगित क्रिकेट टीमले चैतपछि पहिलो पटक सामूहिक प्रशिक्षण गर्न लागेको हो।
नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि मंसिर १० (आज) बाट काठमाडौंमा बन्द प्रशिक्षण शिविर सञ्चालन गर्ने जनाएको थियो। तर खेलाडी तथा प्रशिक्षकहरूको हिजो (९ गते) मात्र कोभिड-१९ परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।
कोभिड-१९ परीक्षणको नतिजा आज बेलुकीसम्म मात्र आउने भएका कारण क्रिकेट टीमको प्रशिक्षण भोलि मात्र हुने भएको हो।
‘‘कोभिड-१९ परीक्षणको नतिजा आज आउँछ। नतिजापछि मात्र को बस्ने को नबस्ने टुंगो लाग्छ। त्यसकारण भोलिबाट मात्र हाम्रो प्रशिक्षण सुरू हुन्छ,’’ प्रशिक्षक जगत टमाटाले देखापढीलाई भने।
क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको थियो। तर, चार खेलाडी मंगलबार स्वाब संकलनमा उपस्थित थिएनन्। उपस्थित नहुनेमा सन्दीप लामिछाने, करण केसी, वसन्त रेग्मी र सुवास खकुरेल छन्। खेलाडी, प्रशिक्षक तथा फिजियो गरी १८ जनाको परीक्षण गरिएको हो।
प्रशिक्षणमा बोलाइएका खेलाडीहरूःज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर, करण केसी, वसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललितनारायाण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












