ओली नआएपनि बैठक सञ्चालन गर्ने प्रचण्ड–नेपालको तयारी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको सचिवालय बैठकमा भनाभन भएपछि आजका लागि तय भएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी होलान् कि नहोलन् भन्ने सो पार्टीका नेता कार्यकर्तामा चासो बढेको छ ।
अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रचण्डको प्रतिवेदनलाई लिएर मंगलबारको बैठकमा भनाभन भएको थियो । प्रचण्डको प्रस्तावमाथि छलफल हुन नसक्ने, प्रचण्डले माफी माग्नुपर्ने, अल्पमत र बहुमत नमान्ने र बुधबारको बैठकमा आफु नआउने ओलीले मङ्गलबारै संकेत गरेका थिए ।
तर अरु नेताहरुले ओलीको भनाइको प्रतिपाद गर्दै अनौपचारिक सम्वादसँगै औपचारिक छलफल नरोक्ने अडान लिएका थिए । सोही अनुसार बुधबार दिउँसो १ बजे बैठक बस्नेगरी बैठकले निर्णय गरेको थियो ।
तर बुधबार बिहान साढे १० बजेसम्म पनि नेताहरुबीच कुनै अनौपचारिक छलफल नभएको ओली र प्रचण्डको सचिवालयले जनाएका छन् । यसैबीच आजका लागि पूर्वनिर्धारित बैठक नरोकिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘पूर्वनिर्धारित बैठक रोकिदैन’ प्रवक्ता श्रेष्ठको भनाइ छ । उनले प्रधानमन्त्री तथा अध्यक्ष ओली बैठकमा सहभागी हुने नहुने १ बजे बालुवाटार पुगेपछि मात्रै थाहा हुने प्रतिक्रिया दिए ।
नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ मा बोलाइएको छ भने केन्द्रीय कमिटी बैठक मंसिर २५ देखि बस्दैछ । ओली स्थायी र केन्द्रीय समिति समेत निर्धारित मितिबाट पर सार्नुपर्ने पक्षमा छन् । तर प्रचण्ड लगायतका नेताहरु त्यसमा सहमत छैनन् । गत कार्तिक २८ गते प्रचण्डले र मंसिर १३ गते ओलीले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची बैठकको छ । तर ओलीले प्रचण्डको प्रतिवेदनलाई आरोपपत्रको संज्ञा दिदै उक्त प्रस्ताव अस्वीकार गर्नुपर्ने पक्षमा छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












