ओली नआएपनि बैठक सञ्चालन गर्ने प्रचण्ड–नेपालको तयारी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको सचिवालय बैठकमा भनाभन भएपछि आजका लागि तय भएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी होलान् कि नहोलन् भन्ने सो पार्टीका नेता कार्यकर्तामा चासो बढेको छ ।
अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रचण्डको प्रतिवेदनलाई लिएर मंगलबारको बैठकमा भनाभन भएको थियो । प्रचण्डको प्रस्तावमाथि छलफल हुन नसक्ने, प्रचण्डले माफी माग्नुपर्ने, अल्पमत र बहुमत नमान्ने र बुधबारको बैठकमा आफु नआउने ओलीले मङ्गलबारै संकेत गरेका थिए ।
तर अरु नेताहरुले ओलीको भनाइको प्रतिपाद गर्दै अनौपचारिक सम्वादसँगै औपचारिक छलफल नरोक्ने अडान लिएका थिए । सोही अनुसार बुधबार दिउँसो १ बजे बैठक बस्नेगरी बैठकले निर्णय गरेको थियो ।
तर बुधबार बिहान साढे १० बजेसम्म पनि नेताहरुबीच कुनै अनौपचारिक छलफल नभएको ओली र प्रचण्डको सचिवालयले जनाएका छन् । यसैबीच आजका लागि पूर्वनिर्धारित बैठक नरोकिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘पूर्वनिर्धारित बैठक रोकिदैन’ प्रवक्ता श्रेष्ठको भनाइ छ । उनले प्रधानमन्त्री तथा अध्यक्ष ओली बैठकमा सहभागी हुने नहुने १ बजे बालुवाटार पुगेपछि मात्रै थाहा हुने प्रतिक्रिया दिए ।
नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ मा बोलाइएको छ भने केन्द्रीय कमिटी बैठक मंसिर २५ देखि बस्दैछ । ओली स्थायी र केन्द्रीय समिति समेत निर्धारित मितिबाट पर सार्नुपर्ने पक्षमा छन् । तर प्रचण्ड लगायतका नेताहरु त्यसमा सहमत छैनन् । गत कार्तिक २८ गते प्रचण्डले र मंसिर १३ गते ओलीले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची बैठकको छ । तर ओलीले प्रचण्डको प्रतिवेदनलाई आरोपपत्रको संज्ञा दिदै उक्त प्रस्ताव अस्वीकार गर्नुपर्ने पक्षमा छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












