साझासँगको एकताप्रति असहमति राख्दै उपाध्यक्षसहित एक समुहले छाड्यो विवेकशील
काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको बेला विवेकशीलकी उपाध्यक्ष अजिता राईसहितको टोलीले पार्टी छोडेको छ।
साझा पार्टीसँगको एकतामा सहभागी नहुने भन्दै राईसहितको टोलीले विवेकशील छोडेको हो। राईले भनिन् पार्टी एकताको विषयमा फरक मत रहेको र त्यो सम्बोधन नहुने भएपछि अलग भएको बताइन्।
‘हामी १३ जना त्यहाँबाट अलग भएका छौँ,’ उनले भनिन्, ‘विगतमा रहेका समस्याहरु अहिले नै सबै हल नगरी पुन: एक हुन जान नहुने कुरा हामीले राख्दै आएका थियौँ। कम्तीमा एक भइसकेपछि सबै कुराहरू मिलाएर दीर्घकालीन एकता हुनुपर्छ भन्ने हाम्रो कुरा थियो। तर, यहाँ हतार गरेर अरूको कुरा नसुन्ने भएपछि हामी अलग हुनु नै उपयुक्त लाग्यो।’
‘विवेकशील नेपाली दल तथा साझा पार्टीबीच एकताको विषयमा दुई दलका वार्ता समितिले सहमति गरेको सम्झौतापत्रमा विवेकशील नेपाली दलका सदस्यहरूले विवेकशील नेपाली दलको विधान तथा नियमावलीबमोजिम मतदान गरी अनुमोदन गरेकोले विवेकशील नेपाली दलको यो स्वरूपको यात्राको चरण समाप्त भएको छ’ राई नेतृत्वकाे टाेलीले भनेकाे छ।
विवेकशील छोड्नेमा उपाध्यक्ष अजिता राई, सचिव (व्यवस्थापन) संगीता बाटाजु, संघीय समिति सदस्यहरू कर्मा लामा तामाङ, छिरिङ तामाङ, विजय बाबु सिवाकोटी, जेसन वैद्य, शिशिर राई, जमाल अली, आशिष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ राई, शशि विक्रम कार्की, आलोक सुवेदी छन्।
साझासँगको एकतामा १३ जना सदस्य बाहिरिएपछि अब विवेकशीलबाट संघीय समितिमा रहेका २२ जना मात्रै सहभागी हुनेछन्। विवेकशीलको संघीय समिति सदस्यमा ३५ जना थिए।
दुई वर्ष अघि फुटेको साझा र विवेकशील पुन एक हुन लागेका छन्। एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राख्ने सहमति भइसकेको र चुनाव चिन्ह तराजु रहने दुई पार्टीबीच सहमति भइसकेको छ। दुवै पार्टीले पार्टी एकताको लागि वार्ता समिति गठन गरी छलफल अघि बढाएका थिए। एकतापछिको पार्टीमा साझाका संयोजक रवीन्द्र मिश्र अध्यक्ष र विवेकशीलका अध्यक्ष मिलन पाण्डे संयोजक रहने बताइएको छ। वरीयता क्रममा मिश्र पहिलो नम्बरमा र पाण्डे दोस्रो नम्बरमा रहनेछन्।
पार्टी एकतापछि केन्द्रीय समितिमा दुवै पार्टीबाट बराबर ६५/६५ जना सदस्य हुनुपर्ने माग उठाइएको छ। पार्टी एक भइसकेपछि नेताहरूलाई जिम्मेवारी हेरफेर गर्न कार्यदल बन्ने र सोही कार्यदलले प्रदेश र जिल्लाको एकीकरणको काम पनि टुंग्याउने सहमति दुई पार्टीबीच भइसकेको छ। पार्टी एकीकरण भएको ६ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति पनि दुई पार्टीबीच भइसकेको छ।
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा फरक-फरक पार्टीबाट निर्वाचनमा भाग लिएका साझा र विवेकशील पार्टी २०७४ साउनमा एक भएका थिए। संघीय निर्वाचनमा संयुक्त पार्टीको रूपमा चुनाव लडेका यी दुई पार्टी २०७५ पुसमा विभाजनमा पुगेका थिए। गत मंसिरमा भएको उप-निर्वाचनमा पनि दुई दल फरक-फरक उम्मेदवार बनाएर चुनाव भिडेका हुन्। उनीहरूले चर्चा भए अनुसारको मत नपाएपछि पुन: एकताको विषयमा छलफल थालेका थिए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












