साझासँगको एकताप्रति असहमति राख्दै उपाध्यक्षसहित एक समुहले छाड्यो विवेकशील
काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको बेला विवेकशीलकी उपाध्यक्ष अजिता राईसहितको टोलीले पार्टी छोडेको छ।
साझा पार्टीसँगको एकतामा सहभागी नहुने भन्दै राईसहितको टोलीले विवेकशील छोडेको हो। राईले भनिन् पार्टी एकताको विषयमा फरक मत रहेको र त्यो सम्बोधन नहुने भएपछि अलग भएको बताइन्।
‘हामी १३ जना त्यहाँबाट अलग भएका छौँ,’ उनले भनिन्, ‘विगतमा रहेका समस्याहरु अहिले नै सबै हल नगरी पुन: एक हुन जान नहुने कुरा हामीले राख्दै आएका थियौँ। कम्तीमा एक भइसकेपछि सबै कुराहरू मिलाएर दीर्घकालीन एकता हुनुपर्छ भन्ने हाम्रो कुरा थियो। तर, यहाँ हतार गरेर अरूको कुरा नसुन्ने भएपछि हामी अलग हुनु नै उपयुक्त लाग्यो।’
‘विवेकशील नेपाली दल तथा साझा पार्टीबीच एकताको विषयमा दुई दलका वार्ता समितिले सहमति गरेको सम्झौतापत्रमा विवेकशील नेपाली दलका सदस्यहरूले विवेकशील नेपाली दलको विधान तथा नियमावलीबमोजिम मतदान गरी अनुमोदन गरेकोले विवेकशील नेपाली दलको यो स्वरूपको यात्राको चरण समाप्त भएको छ’ राई नेतृत्वकाे टाेलीले भनेकाे छ।
विवेकशील छोड्नेमा उपाध्यक्ष अजिता राई, सचिव (व्यवस्थापन) संगीता बाटाजु, संघीय समिति सदस्यहरू कर्मा लामा तामाङ, छिरिङ तामाङ, विजय बाबु सिवाकोटी, जेसन वैद्य, शिशिर राई, जमाल अली, आशिष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ राई, शशि विक्रम कार्की, आलोक सुवेदी छन्।
साझासँगको एकतामा १३ जना सदस्य बाहिरिएपछि अब विवेकशीलबाट संघीय समितिमा रहेका २२ जना मात्रै सहभागी हुनेछन्। विवेकशीलको संघीय समिति सदस्यमा ३५ जना थिए।
दुई वर्ष अघि फुटेको साझा र विवेकशील पुन एक हुन लागेका छन्। एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राख्ने सहमति भइसकेको र चुनाव चिन्ह तराजु रहने दुई पार्टीबीच सहमति भइसकेको छ। दुवै पार्टीले पार्टी एकताको लागि वार्ता समिति गठन गरी छलफल अघि बढाएका थिए। एकतापछिको पार्टीमा साझाका संयोजक रवीन्द्र मिश्र अध्यक्ष र विवेकशीलका अध्यक्ष मिलन पाण्डे संयोजक रहने बताइएको छ। वरीयता क्रममा मिश्र पहिलो नम्बरमा र पाण्डे दोस्रो नम्बरमा रहनेछन्।
पार्टी एकतापछि केन्द्रीय समितिमा दुवै पार्टीबाट बराबर ६५/६५ जना सदस्य हुनुपर्ने माग उठाइएको छ। पार्टी एक भइसकेपछि नेताहरूलाई जिम्मेवारी हेरफेर गर्न कार्यदल बन्ने र सोही कार्यदलले प्रदेश र जिल्लाको एकीकरणको काम पनि टुंग्याउने सहमति दुई पार्टीबीच भइसकेको छ। पार्टी एकीकरण भएको ६ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति पनि दुई पार्टीबीच भइसकेको छ।
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा फरक-फरक पार्टीबाट निर्वाचनमा भाग लिएका साझा र विवेकशील पार्टी २०७४ साउनमा एक भएका थिए। संघीय निर्वाचनमा संयुक्त पार्टीको रूपमा चुनाव लडेका यी दुई पार्टी २०७५ पुसमा विभाजनमा पुगेका थिए। गत मंसिरमा भएको उप-निर्वाचनमा पनि दुई दल फरक-फरक उम्मेदवार बनाएर चुनाव भिडेका हुन्। उनीहरूले चर्चा भए अनुसारको मत नपाएपछि पुन: एकताको विषयमा छलफल थालेका थिए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












