सार्क कोभिड-१९ आपतकालीन कोषको सबैभन्दा बढी रकम नेपाललाई, पाकिस्तानले लगेन
काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरूले स्थापना गरेको ‘सार्क कोभिड-१९ आपतकालीन कोष’ बाट नेपालले सबैभन्दा बढी रकम लिएको छ।
कोषबाट वितरण भएको कूल रकमको करिब आधा रकम नेपालले प्राप्त गरेको भारतीय म्यागेजिन ‘द विक’ ले आफ्नो समाचारमा उल्लेख गरेको छ।
भारतको विदेश मन्त्रालयमा सूचनाको हक (आरटीआई) अन्तर्गत निवेदन दिई सार्क कोभिड-१९ आपतकालीन कोषबाट वितरण भएको रकमको विवरण माग गरिएको थियो।
कमनवेल्थ ह्युमन राइट्स इनिसिएटिभ्सका वकील शिखा छिब्बरले आरटीआईअन्तर्गत निवेदन दिएका थिए। त्यसपछि मात्र कोषबाट वितरण भएको रकमको विवरण भारतीय विदेश मन्त्रालयले उनलाई उपलब्ध गरेको थियो।
विदेश मन्त्रालयले दिएको विवरण अनुसार कोषबाट सदस्यराष्ट्रहरुले हालसम्म १३.८९ करोड भारतीय रूपैयाँ लिएका छन्।
पाकिस्तानबाहेक सबै सदस्य राष्ट्रले कोषबाट रकम लिएका छन्। सार्क सदस्यमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान रहेका छन्।
कोरोना नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरण खरिदको लागि कोषबाट ६.१२ करोड भारतीय रूपैयाँ (९ करोड ७९ लाख नेपाली रूपैयाँ) नेपालले प्राप्त गरेको समाचारमा जनाइएको छ। कोषबाट सबैभन्दा ठूलो रकम पाउने राष्ट्रमा नेपाल रहेको छ।
नेपालपछि बंगलादेशले कोषबाट ठूलो रकम प्राप्त गरेको छ। बंगलादेशले हालसम्म कोषबाट ३.६४ करोड भारतीय रूपैयाँ प्राप्त गरेको छ।
यस्तै, कोषबाट भुटानले १.६९ करोड भारतीय रूपैयाँ, श्रीलंकाले १.५५ करोड भारतीय रूपैयाँ, माल्दिभ्सले ६०.१४ लाख भारतीय रूपैयाँ र अफगानिस्तानले २९.३ लाख भारतीय रूपैयाँ प्राप्त गरेका छन्।
छिब्बरले गत जुन १९ का दिन कोषबाट वितरण भएको रकम जानकारी माग्दै विदेश मन्त्रालयमा निवेदन दिएका थिए। जुलाई १६ का दिन विदेश मन्त्रालयले उनलाई केही कागजाग उपलब्ध गरेको थियो, जहाँ उनले मागेको पूर्ण सूचना थिएन। त्यसपछि उनले अर्को निवेदन दिएका थिए।
गत मार्च १५ का दिन भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्स मार्फत सार्क राष्ट्रका सरकार प्रमुखहरुसँग कुराकानी गरेका थिए। सोही कुराकानीका बेला उनले ‘सार्क कोभिड-१९ आपतकालीन कोष’ स्थापना गर्ने प्रस्ताव गरेका थिए, जसमा अन्य सदस्य राष्ट्रका सकरार प्रमुखले सहमति जनाएका थिए।
कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि आवश्यक रकम उक्त कोषबाट लिन पाउने व्यस्वस्था गरिएको थियो। मोदीले सोहीबेला कोषमा भारतले एक करोड अमेरिकी डलर राख्ने घोषणा गर्दै अन्य सदस्य राष्ट्रलाई स्वयमसेवी रुपमा राख्ने रकम घोषणा गर्न अनुरोध गरेका थिए।
सोही अनुसार कोषमा नेपालले १० लाख अमेरिकी डलर, अफगानिस्तानले १० लाख अमेरिकी डलर, माल्दिभ्सले २ लाख अमेरिकी डलर, भुटानले १ लाख अमेरिकी डलर, बंगलादेशले १५ लाख अमेरिकी डलर, श्रीलंकाले ५० लाख अमेरिकी डलर र पाकिस्तानले ३० लाख अमेरिकी डलर राख्ने घोषणा गरेका थिए।
‘सार्क कोभिड-१९ आपतकालीन कोष’ मा सदस्य राष्ट्रहरुले २ करोड १८ लाख अमेरिकी डलर (करिब २ अर्ब ५६ करोड नेपाली रूपैयाँ) जम्मा गरेका थिए। जसमध्ये २२ करोड २२ लाख रूपैयाँ वितरण भएको छ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











