सार्क कोभिड-१९ आपतकालीन कोषको सबैभन्दा बढी रकम नेपाललाई, पाकिस्तानले लगेन
काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरूले स्थापना गरेको ‘सार्क कोभिड-१९ आपतकालीन कोष’ बाट नेपालले सबैभन्दा बढी रकम लिएको छ।
कोषबाट वितरण भएको कूल रकमको करिब आधा रकम नेपालले प्राप्त गरेको भारतीय म्यागेजिन ‘द विक’ ले आफ्नो समाचारमा उल्लेख गरेको छ।
भारतको विदेश मन्त्रालयमा सूचनाको हक (आरटीआई) अन्तर्गत निवेदन दिई सार्क कोभिड-१९ आपतकालीन कोषबाट वितरण भएको रकमको विवरण माग गरिएको थियो।
कमनवेल्थ ह्युमन राइट्स इनिसिएटिभ्सका वकील शिखा छिब्बरले आरटीआईअन्तर्गत निवेदन दिएका थिए। त्यसपछि मात्र कोषबाट वितरण भएको रकमको विवरण भारतीय विदेश मन्त्रालयले उनलाई उपलब्ध गरेको थियो।
विदेश मन्त्रालयले दिएको विवरण अनुसार कोषबाट सदस्यराष्ट्रहरुले हालसम्म १३.८९ करोड भारतीय रूपैयाँ लिएका छन्।
पाकिस्तानबाहेक सबै सदस्य राष्ट्रले कोषबाट रकम लिएका छन्। सार्क सदस्यमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान रहेका छन्।
कोरोना नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरण खरिदको लागि कोषबाट ६.१२ करोड भारतीय रूपैयाँ (९ करोड ७९ लाख नेपाली रूपैयाँ) नेपालले प्राप्त गरेको समाचारमा जनाइएको छ। कोषबाट सबैभन्दा ठूलो रकम पाउने राष्ट्रमा नेपाल रहेको छ।
नेपालपछि बंगलादेशले कोषबाट ठूलो रकम प्राप्त गरेको छ। बंगलादेशले हालसम्म कोषबाट ३.६४ करोड भारतीय रूपैयाँ प्राप्त गरेको छ।
यस्तै, कोषबाट भुटानले १.६९ करोड भारतीय रूपैयाँ, श्रीलंकाले १.५५ करोड भारतीय रूपैयाँ, माल्दिभ्सले ६०.१४ लाख भारतीय रूपैयाँ र अफगानिस्तानले २९.३ लाख भारतीय रूपैयाँ प्राप्त गरेका छन्।
छिब्बरले गत जुन १९ का दिन कोषबाट वितरण भएको रकम जानकारी माग्दै विदेश मन्त्रालयमा निवेदन दिएका थिए। जुलाई १६ का दिन विदेश मन्त्रालयले उनलाई केही कागजाग उपलब्ध गरेको थियो, जहाँ उनले मागेको पूर्ण सूचना थिएन। त्यसपछि उनले अर्को निवेदन दिएका थिए।
गत मार्च १५ का दिन भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्स मार्फत सार्क राष्ट्रका सरकार प्रमुखहरुसँग कुराकानी गरेका थिए। सोही कुराकानीका बेला उनले ‘सार्क कोभिड-१९ आपतकालीन कोष’ स्थापना गर्ने प्रस्ताव गरेका थिए, जसमा अन्य सदस्य राष्ट्रका सकरार प्रमुखले सहमति जनाएका थिए।
कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि आवश्यक रकम उक्त कोषबाट लिन पाउने व्यस्वस्था गरिएको थियो। मोदीले सोहीबेला कोषमा भारतले एक करोड अमेरिकी डलर राख्ने घोषणा गर्दै अन्य सदस्य राष्ट्रलाई स्वयमसेवी रुपमा राख्ने रकम घोषणा गर्न अनुरोध गरेका थिए।
सोही अनुसार कोषमा नेपालले १० लाख अमेरिकी डलर, अफगानिस्तानले १० लाख अमेरिकी डलर, माल्दिभ्सले २ लाख अमेरिकी डलर, भुटानले १ लाख अमेरिकी डलर, बंगलादेशले १५ लाख अमेरिकी डलर, श्रीलंकाले ५० लाख अमेरिकी डलर र पाकिस्तानले ३० लाख अमेरिकी डलर राख्ने घोषणा गरेका थिए।
‘सार्क कोभिड-१९ आपतकालीन कोष’ मा सदस्य राष्ट्रहरुले २ करोड १८ लाख अमेरिकी डलर (करिब २ अर्ब ५६ करोड नेपाली रूपैयाँ) जम्मा गरेका थिए। जसमध्ये २२ करोड २२ लाख रूपैयाँ वितरण भएको छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












