शीतल निवासमा त्रिपक्षीय छलफल, अप्रिय कदम नचाल्न राष्ट्रपतिसँग प्रचण्डको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आज शुक्रबार सामूहिक छलफलका लागि शीतलनिवास बोलाएकी छन्। ओली र दाहालले हिजो छुट्टाछुट्टै राष्ट्रपतिसँग भेटेका थिए।
बिहीबार छुट्टाछुट्टैको भेटेर छलफल गर्दा पनि सहमतिको सम्भावना नदेखेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई शुक्रबार बिहान सामूहिक छलफलमा बोलाएको शीतलनिवास स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीले बिहीबार बिहान राष्ट्रपतिसँग भेटेर छलफल गरेका थिए भने बेलुका दाहाल शीतलनिवास पुगेका थिए।
दुवै अध्यक्षलाई राष्ट्रपति भण्डारीले मिलेर जान आग्रह गरेककी थिइन्।
दाहालसँग राष्ट्रपति भण्डारीले पार्टीमा मिलेर जान र बहुमतीय आधारमा कुनै निर्णय नगर्न सुझाव दिएकी थिइन्।
‘मिल्न पर्यो र तपाईंले मिलाउनु पर्यो भनेर राष्ट्रपतिले भन्नु भयो’, राष्ट्रपतिको यो आग्रहमा दाहालले ‘अहिले पार्टीमा सबै समस्या प्रधानमन्त्री ओलीकै कारण देखिएको हो, उहाँले नमिलाइ कुरा मिल्दैन’ भनेर जवाफ दिएका थिए।
‘अहिले सबै समस्या ओलीजीकै कारण भएको हो, उहाँले केही पनि मान्नुहुन्न, न कमिटीको बैठकमा आउनुहुन्छ न निर्णय मान्नुहुन्छ’, राष्ट्रपतिलाई दाहालको भनाइ उधृत गर्दै उनी निकट एक नेताले भने, ‘पुरै स्वेच्छाचारिता देखाएपछि गाह्रो हुनु स्वभाविक हो।’
दाहालले आफुहरू पार्टी एकताका लागि प्रयासरत रहेको भन्दै कुनै अप्रिय कदम नचाल्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।
‘हामी मिलाउनै लागेका छौं, कमिटीको निर्णय कार्यान्वयन गराउनुपर्छ भन्दै आएका छौं तर ओलीजीले नमानेर समस्या गहिरिन थाल्यो’, दाहालले राष्ट्रपतिलाई भने, ‘बरु तपाईंले कुनै अप्रत्याशित र अप्रिय कदम नचाल्नुस्, त्यसले तपाईंको भूमिका र जिम्मेवारीलाई विवादमा ल्याउँछ, राम्रो गर्दैन।’
त्यसपछि राष्ट्रपतिले सहमति खोज्न शुक्रबार दुवै अध्यक्षलाई बोलाएकी हुन्।
नेकपाभित्र विवाद हुँदा भन्डारीले दुई अध्यक्षलाई यसैगरी मिलाउन पहल गर्दै आएकी छन्।
यसअघि २०७६ मंसिर ४ गते राष्ट्रपतिकै रोहबरमा ओली र प्रचण्डबीच पदीय बाँडफाँटमा सहमति भएको थियो।
नेकपाभित्र विवाद चुलिँदै गएका बेला भण्डारीले कात्तिक १८ गते उपाध्यक्ष वामदेव गौतम र २० गते गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेर प्रधानमन्त्री ओलीको पक्षमा माहोल बनाउने प्रयत्न गरेकी थिइन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












