आज नेकपाको स्थायी कमिटी बैठक बस्दै,ओली उपस्थित होलान् ?
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक आज दिउसो १ बजे पार्टी कार्यलय धुम्बाराहीमा बस्दै छ ।
धेरै रस्साकस्सी पछि बस्न थालेको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन्छन् हुदैन अन्यौल नै छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा पनि प्रधानमन्त्री बैठकमा जाने नजाने कुरा १ बजे नै थाह हुने बताउछन् ।
उनले भने ‘प्रधानमन्त्री स्थायी कमिटीको बैठकमा उपस्थित हुने नहुने कुरा १ बजे नै थाह हुन्छ , मैले भन्ने कुरा होइन ।’ नेकपाको स्थायी कमिटी बस्नु नबस्नुको कुनै औचित्य नभएको प्रधानमन्त्रीले सचिवालय बैठकमा नै भनेका कुरा बाहिर आएका ।
प्रधानमन्त्री स्थायी कमिटीको बैठक बोलाउन अनिच्छुक रहदा पनि बहुमत सदस्यले बैठक बोलाएको एक सचिवालय सदस्यले बताए । उनले भने ‘प्रधनमन्त्री ज्यु बैठकबाट भाग्न खोज्नु हुन्छ । स्थायी कमिटीको बैठक पनि उहाँले बसाल्नु हुदैन भन्नु भयो । हाम्रो जोडबलले हो बस्ने ।’ नेकपामा विवाद बढेपछि लामो समयसम्म दुई अध्यक्षबीच बोलचाल नै बन्द भएको थियो ।
२८ कार्तिकको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले लिखित प्रस्ताव पेश गरेपछि अध्यक्ष केपी शर्मा ओलीसंग सम्वाद हिनता थियो । तर शुक्रबार दुई अध्यक्षबीच सम्वाद भयो । शनिवार सचिवालयको बैठक बस्नु भन्दा पहिला २० मिनेट जति वान टु वान वार्ता भएपनि परिणाम सकारात्मक निस्कन सकेन । राष्ट्रपति देखि ओली निकट नेताहरुले पछिल्ला दिनहरुमा प्रचण्डलाई फकाउन धेरै कोशि गरे । तर भने जस्तो परिणाम आएन । प्रचण्डले दुबै प्रस्ताव स्थायी कमिटी हुदै केन्द्रीय कमिटीमा लैजाने अडान राखेको उनी निकट एक स्थायी कमिटी सदस्यले बताए । समाधान निकाल्ला स्थायी कमिटी १० असारमा बसेको स्थायी कमिटीको बैठक विवादका कारण लम्बिएको थियो । बैठक चलिरहदा पनि पार्टी विभाजन हुने तहसम्म पुगेको थियो ।
ओलीलाई सचिवालयमात्र होइन स्थायी कमिटीमा पनि दुबै पदबाट राजीनामा दिनु पर्ने माग उठेको थियो । तर साउनको ३० गते दुबै अध्यक्षले विवाद समाधान गर्न कार्यदल बनाए । उक्त कार्यदलले एक हप्तामा आफ्नो प्रतिवेदन बुझायो । तर ओलीले उक्त कार्यदलले दिएको सुझाव र सचिवालयको निर्णय नै लत्याएपछि विवाद बढेको नेकपाका नेताहरु बताउदै आएका छन् ।
कार्यदलले एकमहिना भित्र मन्त्री मण्डल हेरफेर गर्ने । प्रदेशमा पनि आवश्यकता अनुसार हेरफेर गर्ने सुझाव दिएको थियो । तर ओलीले सबै कुरा लत्याएर मनमर्जी रुपमा तीन जना मन्त्री थपे र राजदूत पनि नियुक्त गरे । त्यसपछि साम्य हुनै लागेको विवाद झन बढ्यो । नेकपाको सचिवालय ,स्थायी कमिटी र केन्द्रीय कमिटीमा प्रधानमन्त्री ओली अल्पमतमा छन् । उनी बहुमतले निर्णय गरेमा आफ्ना पद गुम्ने डरले बैठबाट भाग्ने गरेको आरोप लाग्दै आएको छ ।
आज बस्ने स्थायी कमिटीको बैठकमा दुबै अध्यक्षका प्रस्ताव पेश हुने छन् । प्रस्तावमाथि छलफल गरेर विवाद हल हुन्छ अथवा झन विवाद बढेर केन्द्रीय कमिटीमा जान्छ नेताहरु नै अन्योलमा छ । तर स्थायी कमिटीले बैठकले समाधान गर्ने दिशा तर्फ लैजाने स्थायी कमिटी सदस्य मणी थापा बताउछन् । उनले भने ‘यस्तै हुन्छ त भन्न सकिदैन । तर समाधानको दिशातर्फ जाला भन्ने नै छ ।’ जब कि ओलीले पछिल्लो समयमा स्थायी कमिटीको के काम , त्यो रत्यौली गर्ने थलो हो भन्दै आएका छन् ।
आफ्नै नेता प्रति यस्तो टिका टिप्णी गर्ने ओलीलाई नेताहरुले पनि सहज रुपमा अगाडि बढ्ने भने पक्क दिने छैनन् । एक स्थायी कमिटी सदस्य भन्छन् ‘स्थायी कमिटीको काम छैन भन्नु हुन्छ ओली कमरेड । काम छ कि छैन अब थाह हुने छ ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












