आज नेकपाको स्थायी कमिटी बैठक बस्दै,ओली उपस्थित होलान् ?
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक आज दिउसो १ बजे पार्टी कार्यलय धुम्बाराहीमा बस्दै छ ।
धेरै रस्साकस्सी पछि बस्न थालेको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन्छन् हुदैन अन्यौल नै छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा पनि प्रधानमन्त्री बैठकमा जाने नजाने कुरा १ बजे नै थाह हुने बताउछन् ।
उनले भने ‘प्रधानमन्त्री स्थायी कमिटीको बैठकमा उपस्थित हुने नहुने कुरा १ बजे नै थाह हुन्छ , मैले भन्ने कुरा होइन ।’ नेकपाको स्थायी कमिटी बस्नु नबस्नुको कुनै औचित्य नभएको प्रधानमन्त्रीले सचिवालय बैठकमा नै भनेका कुरा बाहिर आएका ।
प्रधानमन्त्री स्थायी कमिटीको बैठक बोलाउन अनिच्छुक रहदा पनि बहुमत सदस्यले बैठक बोलाएको एक सचिवालय सदस्यले बताए । उनले भने ‘प्रधनमन्त्री ज्यु बैठकबाट भाग्न खोज्नु हुन्छ । स्थायी कमिटीको बैठक पनि उहाँले बसाल्नु हुदैन भन्नु भयो । हाम्रो जोडबलले हो बस्ने ।’ नेकपामा विवाद बढेपछि लामो समयसम्म दुई अध्यक्षबीच बोलचाल नै बन्द भएको थियो ।
२८ कार्तिकको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले लिखित प्रस्ताव पेश गरेपछि अध्यक्ष केपी शर्मा ओलीसंग सम्वाद हिनता थियो । तर शुक्रबार दुई अध्यक्षबीच सम्वाद भयो । शनिवार सचिवालयको बैठक बस्नु भन्दा पहिला २० मिनेट जति वान टु वान वार्ता भएपनि परिणाम सकारात्मक निस्कन सकेन । राष्ट्रपति देखि ओली निकट नेताहरुले पछिल्ला दिनहरुमा प्रचण्डलाई फकाउन धेरै कोशि गरे । तर भने जस्तो परिणाम आएन । प्रचण्डले दुबै प्रस्ताव स्थायी कमिटी हुदै केन्द्रीय कमिटीमा लैजाने अडान राखेको उनी निकट एक स्थायी कमिटी सदस्यले बताए । समाधान निकाल्ला स्थायी कमिटी १० असारमा बसेको स्थायी कमिटीको बैठक विवादका कारण लम्बिएको थियो । बैठक चलिरहदा पनि पार्टी विभाजन हुने तहसम्म पुगेको थियो ।
ओलीलाई सचिवालयमात्र होइन स्थायी कमिटीमा पनि दुबै पदबाट राजीनामा दिनु पर्ने माग उठेको थियो । तर साउनको ३० गते दुबै अध्यक्षले विवाद समाधान गर्न कार्यदल बनाए । उक्त कार्यदलले एक हप्तामा आफ्नो प्रतिवेदन बुझायो । तर ओलीले उक्त कार्यदलले दिएको सुझाव र सचिवालयको निर्णय नै लत्याएपछि विवाद बढेको नेकपाका नेताहरु बताउदै आएका छन् ।
कार्यदलले एकमहिना भित्र मन्त्री मण्डल हेरफेर गर्ने । प्रदेशमा पनि आवश्यकता अनुसार हेरफेर गर्ने सुझाव दिएको थियो । तर ओलीले सबै कुरा लत्याएर मनमर्जी रुपमा तीन जना मन्त्री थपे र राजदूत पनि नियुक्त गरे । त्यसपछि साम्य हुनै लागेको विवाद झन बढ्यो । नेकपाको सचिवालय ,स्थायी कमिटी र केन्द्रीय कमिटीमा प्रधानमन्त्री ओली अल्पमतमा छन् । उनी बहुमतले निर्णय गरेमा आफ्ना पद गुम्ने डरले बैठबाट भाग्ने गरेको आरोप लाग्दै आएको छ ।
आज बस्ने स्थायी कमिटीको बैठकमा दुबै अध्यक्षका प्रस्ताव पेश हुने छन् । प्रस्तावमाथि छलफल गरेर विवाद हल हुन्छ अथवा झन विवाद बढेर केन्द्रीय कमिटीमा जान्छ नेताहरु नै अन्योलमा छ । तर स्थायी कमिटीले बैठकले समाधान गर्ने दिशा तर्फ लैजाने स्थायी कमिटी सदस्य मणी थापा बताउछन् । उनले भने ‘यस्तै हुन्छ त भन्न सकिदैन । तर समाधानको दिशातर्फ जाला भन्ने नै छ ।’ जब कि ओलीले पछिल्लो समयमा स्थायी कमिटीको के काम , त्यो रत्यौली गर्ने थलो हो भन्दै आएका छन् ।
आफ्नै नेता प्रति यस्तो टिका टिप्णी गर्ने ओलीलाई नेताहरुले पनि सहज रुपमा अगाडि बढ्ने भने पक्क दिने छैनन् । एक स्थायी कमिटी सदस्य भन्छन् ‘स्थायी कमिटीको काम छैन भन्नु हुन्छ ओली कमरेड । काम छ कि छैन अब थाह हुने छ ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












