देशभर कांग्रेसको प्रदर्शन हुँदै, कहाँ–कहाँ सम्बोधन गर्दैछन् मुख्य नेता ?
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ ।
केन्द्रीय पदाधिकारी बैठकले मुख्य नेताहरुले सम्बोधन गर्ने स्थान तोके पनि केन्द्रीय सदस्यहरु विभिन्न जिल्लाका निमन्त्रणमा त्यहाँ पुगेका छन् । सभापति शेरबहादुर देउवा मकवानपुरको सभालाई सम्बोधन गर्न हेटौँडा पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंको सभालाई शान्ति बाटिकामा सम्बोधन गर्ने कार्यक्रम छ । उपसभापति विमलेन्द्र निधिले भक्तपुरको सभालाई सम्बोधन गर्दैछन् ।
महामन्त्री डा. शशांक कोइराला मोरङको सभालाई सम्बोधन गर्न आइतबार नै विराटनगर पुगेका छन् भने अर्का महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय कार्यालयमा बसेर देशभरका कार्यक्रमको जानकारी लिने तथा समन्वय गर्ने भूमिकामा छन् । सहमहामन्त्री डा. प्रकाशशण महत झापाको प्रदर्शनलाई सम्बोधन गर्न आइतबार नै त्यहाँ पुगेका छन् भने राप्रपाबाट आएर सहमहामन्त्री बनेका सुनिलबहादुर थापा आफू निर्वाचन लडेको जिल्ला धनकुटामा सम्बोधन गर्न पुगेका छन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको सभालाई सम्बोधन गर्न आइतबार नै जनकपुर पुगेका छन् भने अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी जाने कार्यक्रम भए पनि कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंमै आराम गरिरहेका छन् । पूर्वउपभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोकको सभालाई सम्बोधन गर्न धुलिखेलतर्फ लागेका छन् भने पूर्वसहमामन्त्री अर्जुननरसिंह केसी कास्कीको सभालाई सम्बोधन गर्न पोखरा पुगेका छन् ।
केन्द्रीय सदस्य डाक्टर रामशरण महत चितवनको सभालाई सम्बोधन गर्न भरतपुर पुगेका छन् भने पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले सप्तरीको सभालाई सम्बोधन गर्दैछन् । यूवा नेता गगन थापा कैलालीको सभालाई सम्बोधन गर्न आइतबार नै धनगढी पुगेका छन् भने अर्का यूवा नेता प्रदीप पौडेलले कञ्चनपुरमा सम्बोधन गर्दैछन् ।
केन्द्रीय सदस्य एनपी साउदले अछाममा सम्बोधन गर्दैछन् भने धनराज गुरुङ गृहजिल्ला स्याङजामै सहभागी हुन लागेका छन् ।
युवा नेता गुरुराज घिमिरेले खोटाङको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ भने अर्का यूवा नेता कल्याण गुरुङले नवलपरासीमा सम्बोधन गर्दैछन् । केन्द्रका पदाधिकारी र पूर्वपदाधिकारीलाई केन्द्रमार्फत नै जिम्मेवारी तोकिए पनि अधिकांश केन्द्रीय सदस्य जिल्ला कार्यसमितिको निमन्त्रणामा विभिन्न जिल्ला पुगेका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












