देशभर कांग्रेसको प्रदर्शन हुँदै, कहाँ–कहाँ सम्बोधन गर्दैछन् मुख्य नेता ?
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ ।
केन्द्रीय पदाधिकारी बैठकले मुख्य नेताहरुले सम्बोधन गर्ने स्थान तोके पनि केन्द्रीय सदस्यहरु विभिन्न जिल्लाका निमन्त्रणमा त्यहाँ पुगेका छन् । सभापति शेरबहादुर देउवा मकवानपुरको सभालाई सम्बोधन गर्न हेटौँडा पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंको सभालाई शान्ति बाटिकामा सम्बोधन गर्ने कार्यक्रम छ । उपसभापति विमलेन्द्र निधिले भक्तपुरको सभालाई सम्बोधन गर्दैछन् ।
महामन्त्री डा. शशांक कोइराला मोरङको सभालाई सम्बोधन गर्न आइतबार नै विराटनगर पुगेका छन् भने अर्का महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय कार्यालयमा बसेर देशभरका कार्यक्रमको जानकारी लिने तथा समन्वय गर्ने भूमिकामा छन् । सहमहामन्त्री डा. प्रकाशशण महत झापाको प्रदर्शनलाई सम्बोधन गर्न आइतबार नै त्यहाँ पुगेका छन् भने राप्रपाबाट आएर सहमहामन्त्री बनेका सुनिलबहादुर थापा आफू निर्वाचन लडेको जिल्ला धनकुटामा सम्बोधन गर्न पुगेका छन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको सभालाई सम्बोधन गर्न आइतबार नै जनकपुर पुगेका छन् भने अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी जाने कार्यक्रम भए पनि कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंमै आराम गरिरहेका छन् । पूर्वउपभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोकको सभालाई सम्बोधन गर्न धुलिखेलतर्फ लागेका छन् भने पूर्वसहमामन्त्री अर्जुननरसिंह केसी कास्कीको सभालाई सम्बोधन गर्न पोखरा पुगेका छन् ।
केन्द्रीय सदस्य डाक्टर रामशरण महत चितवनको सभालाई सम्बोधन गर्न भरतपुर पुगेका छन् भने पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले सप्तरीको सभालाई सम्बोधन गर्दैछन् । यूवा नेता गगन थापा कैलालीको सभालाई सम्बोधन गर्न आइतबार नै धनगढी पुगेका छन् भने अर्का यूवा नेता प्रदीप पौडेलले कञ्चनपुरमा सम्बोधन गर्दैछन् ।
केन्द्रीय सदस्य एनपी साउदले अछाममा सम्बोधन गर्दैछन् भने धनराज गुरुङ गृहजिल्ला स्याङजामै सहभागी हुन लागेका छन् ।
युवा नेता गुरुराज घिमिरेले खोटाङको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ भने अर्का यूवा नेता कल्याण गुरुङले नवलपरासीमा सम्बोधन गर्दैछन् । केन्द्रका पदाधिकारी र पूर्वपदाधिकारीलाई केन्द्रमार्फत नै जिम्मेवारी तोकिए पनि अधिकांश केन्द्रीय सदस्य जिल्ला कार्यसमितिको निमन्त्रणामा विभिन्न जिल्ला पुगेका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












