संवैधानिक परिषद्को गरिमा घट्न नदेउ
काठमाडाैँ । संवैधानिक परिषद्को बैठक एक वर्ष भन्दा लामो समय देखि बस्न नसक्दा महत्वपुर्ण संवैधानिक निकायमा नेतृत्व लगायतका पदाधिकारीहरु नियुक्त हुन सकेका छैनन् ।
भ्रष्टचार नियन्त्रणमा महत्वपुर्ण भुमिका खेल्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त सहित ३ जना आयुक्तको पद रिक्त रहदा आयोगले भ्रष्टचार नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सकेको छैन् । यसैगरि मानव अधिकारको संरक्षण र सम्वद्र्धन गर्ने मुख्य भुमिकामा रहने राष्ट्रिय मानव अधिकार आयोग पनि पुर्ण रुपमा पदाधिकारी विहीन अवस्थामा छ । अन्य संवैधानिक निकायहरु निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, मुस्लिम आयोग, थारु आयोग, मधेशी आयोग, दलित आयोग, महिला आयोग,राष्ट्रिय समावेशी आयोग,आदिवासी जनजाती आयोगमा समेत पदाधिकारीहरु नियुक्त हुन सकेका छैनन् ।
पदाधिकारीहरु नियुक्त हुन नसक्दा प्राय सबै आयोगका कामहरु नराम्ररी प्रभावित भइरहेका छन्। सबै आयोगहरु नीकै महत्वपुर्ण उद्धेश्यका साथ स्थापना भएका हुन् । संविधानले नै ती सबै आयोगमा राम्रा, दक्ष र इमान्दार व्यक्तिहरु जान सकुन भन्ने उद्धेश्यले मुलुकका मूर्धन्य भुमिकामा रहेका भीआइपीहरुलाई संवैधानिक परिषद्मा राखेर उनीहरुकै सिफारिसका आधारमा संवैधानिक निकायमा पदपुर्ति हुने व्यवस्था गरेको हो ।
यो परिषद्मा राज्यसंचालनका प्रमुख अवयवको रुपमा रहने कार्यपालिका, व्यवस्थापिका र न्याय पालिकाका प्रमुख तथा विपक्षी दलका नेता सहित ६ जना उच्च पदस्थहरु रहनाले यो संयन्त्र सबैभन्दा शक्तिशाली र विशेष भुमिका सहितको संयन्त्रको रुपमा स्थापित छ । तर विडम्वना यति महत्वपुर्ण भुमिकामा रहेर पनि परिषद्का केहि सदस्यहरु नै परिषद्लाई अनिर्णयको वन्दि बनाउन उद्धत भइरहेका छन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने यो परिषद्मा बैठक बस्नकै लागि पनि प्रधानमन्त्री सहित ५ जनाको उपस्थिति अनिवार्य हुनुपर्ने कानुनी प्रावधान राखिएको छ । अहिले सदस्यको रुपमा रहने उपसभामुख पद रिक्त रहेकाले बाकी सबै ५ जना नै बैठकमा उपस्थिति भएमा मात्रै बैठक बसेको मानिने कडा कानुनी व्यवस्था छ ।
यस अघि अध्यक्षको रुपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैपटक संवैधानिक परिषद्को बैठक आव्हान गरिसकेका छन् तर सदस्यको रुपमा रहेका प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा पटक पटक बैठकमा अनुपस्थित भइदिदा परिषद्ले निर्णय लिन नपाएको दुखदायी अवस्था छ । लोकतन्त्रको लागि लडेको सबैभन्दा ठुलो पार्टी काँग्रेसकै सभापति संवैधानिक परिषद्को बैठकमा एक पछि अर्को गर्दै अनुपस्थित हुनुले उहाको लोकतन्त्र प्रतिको निष्ठालाई गिज्याउने काम गरेको छ ।काग्रेस यदि साच्चै लोकतन्त्र, सुशासन र जनताको समस्या प्रति चिन्तित छ भने सभापति देउवा संवैधानिक परिषद्को बैठकमा अनिवार्य रुपमा उपस्थित हुनुपर्छ र आफ्ना असहमति छ भने पनि बैठकमा नै उपस्थित भएर राख्नु पर्छ । परिषद्को बैठक बहिष्कार गर्नु भनेको संविधानलाई नै पंगु बनाउनु हो । संविधानलाई पंगु बनाउने अधिकार कसैलाई पनि छैन् ।
जनताको विश्वासबाट स्थापित व्यवस्थापिकाका प्रमुख सभामुख र जनतालाई न्याय दिने र संविधानको जगेर्ना गर्ने न्यायपालिकाका प्रमुख प्रधानन्यायधीश त संवैधानिक परिषद्को बैठकमा अनुपस्थित हुने कुराको कल्पना पनि गर्न सकिदैन् । अध्यक्षको रुपमा रहेका प्रधानमन्त्रीले संवैधानिक निकायमा पदपुर्ति गर्ने उद्धेश्यले बोलाएको संवैधानिक परिषद्को बैठकमा सबै सदस्यहरुको सक्रिय सहभागिता अनिवार्य हुन्छ । वास्तवमा भन्ने हो भने बहिष्कार गर्ने छुट कसैलाई पनि छैन्।
परिषद्का अध्यक्ष प्रधानमन्त्रीले पनि सहमतिको प्रयासलाई सार्थक रुप दिन सक्नु पर्छ । यति गर्दा गर्दै पनि लगातार परिषद्को बैठक बस्न नसक्ने अवस्था आएमा सरकारले अध्यादेश मार्फत कानुन संसोधन गरेरै भएपनि अब संवैधानिक निकायमा रिक्त रहेका पदहरुमा नियुक्ति गर्नुपर्छ भन्ने माग पनि जर्वजस्त रुपमा उठिरहेका छन्।सकेसम्म त्यस्तो अवस्था आउन नदिन परिषद्का सबै सदस्यहरु जिम्मेवार र संवेदनशील बन्नु पर्छ । त्यसैले सबैजना परिषद् बैठकमा नै सहभागी भएर त्यही नै छलफल गरि आवश्यक निकास खोज्नु पर्छ । परिषद्को गरिमा घटाउनु र यसलाई अनिर्णयको बन्दि बनाउनु देश र जनताको हीत विपरितको कार्य हो । यस्तो कार्यमा अब कुनै पनि सदस्यहरु सरिक हुनुहुदैन र संवैधानिक निकायको गरिमा घट्न दिनु हुदैन् ।
राजधानि दैनिकबाट साभार
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












