बिग बास लिगका लागी सन्दीप अस्ट्रेलिया जादै
काठमाडौं। नेपाली राष्ट्रिय टोलीका स्टार लेग स्पिनर व्यावसायिक क्रिकेट खेल्नका लागि आज अस्ट्रेलिया प्रस्थान गर्दैछन्।
अस्ट्रेलियन बिग बास लिगको टोली होबार्ट हुरिकान्ससँग अनुबन्धित भएका सन्दीप आज ११ बजे कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गर्ने नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन सिवाकोटीले देखापढीलाई जानकारी गराएका छन्।
अघिल्लो दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका सन्दीपले यसपाली भने टिम परिवर्तन गरेका हुन्। नयाँ टीमबाट खेल्न जान लागेका सन्दीपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सामाजिक सञ्जाल ट्विटरमा फोटो पोस्ट गर्दै ‘एडेलेइड सुन’ लेखेका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सको टोलीमा भए पनि यसपाली उनले संयुक्त अरब इमिरेट्समा भएको प्रतियोगितामा मैदान उत्रिन पाएका थिएनन्। त्यसको जोश अस्ट्रेलियामा पोख्नका लागि पनि सन्दीपले केही समय प्रतिक्षा गर्नुपर्नेछ।
कोरोना भाइरसको महामारीका कारण अस्ट्रेलियामा विदेशबाट जाने जोसुकैले अनिवार्य दुई हप्ता क्वारेन्टिन बस्नुपर्ने व्यवस्था भएका कारण सन्दीपले त्यहाँ पुग्नेवित्तिकै खेल्न पाउने छैनन्। भोली दिउँसो एडेलेइड पुग्ने सन्दीपले कम्तिमा हुरिकान्सका ६ खेल गुमाउने छन्।
“त्यहाँ अनिबार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्थाका कारण सन्दीपले केही खेल गुमाउनेछन्। कम्तिमा यो डिसेम्बरभरीका खेल उनले टेलिभिजनमा हेर्नुपर्नेछ,” सिवाकोटीले भने।
सन्दीपको हुरिकान्सले लिगमा दुई खेलमा दुई जित हासिल गरिसकेको छ। पहिलो खेलमा सिडनी सिक्सर्सलाई १६ रनले हराएको टोलीले दोस्रो खेलमा एडेलेइड स्ट्राइकर्सलाई ११ रनको अन्तरमा पराजित गरेको थियो।
टोलीले यो डिसेम्बरमा थप चार खेल खेल्नेछ। आजै एडेलेइड स्ट्राइकर्ससँग अर्को खेल खेल्ने तयारीमा रहेको टोलीले डिसेम्बर १९ मा मेलबर्न रेनेगाड्स तथा डिसेम्बर २७ र ३० मा ब्रिसबेन हिटसँग खेल्नेछ। सन्दीपले आसन्न चार खेल गुमाए पनि जनवरी २ मा आफ्नै पूर्व क्लब मेलबर्न स्टार्सविरुद्धको खेलका लागि भने उनी उपलब्ध हुने अपेक्षा गरिएको छ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












