सिजी ल्यान्डमार्कको “मेगा फेस्टिभ अफर” विजेता घोषणा
काठमाडाै। छोटो समयमै सर्वसाधारणको मन जित्न सफल चितवनको भरपुरस्थित अत्याधुनिक सपिब मल सिजी ल्यान्डमार्कले दसैं, तिहार छठ जस्ता चाडपर्वको अवसरमा ल्याएको आकर्षक उपभोक्तामुखी स्किम “मेगा फेस्टिभ अफर”को विजेता पुस १० गते (क्रिसमस)को दिन मलले लक्की ड्रमार्फत विजेता घोषणा गरेको हो । सिजी ल्यान्डमार्कले चाडपर्वको अवसरमा मलमा एक हजार रुपैयाँभन्दा माथिको किनमेल गर्ने ग्राहकका लागि यामाहाको रे जेड स्कुटर लगायत अन्य आकर्षक उपहार जित्न सक्ने अफर ल्याएको थियो ।
मल म्यानेजर उज्ज्वल केसीका अनुसार उक्त मलको जुनसुकै पसलमा एक हजार रुपैयाँभन्दा बढीको सपिब गर्ने ग्राहकले एउटा लक्की ड्र कुपन निःशुल्क पाएका थिए । तिनै कुपनहरुलाई समावेश गरेर क्रिसमसका दिन बिहीबार लक्की ड्रमार्फत विजेता चयन गरिएको हो ।
केसीका अनुसार नवराज थापा कुपन नम्बर १२६९२ ले यामाहाको रे जेड स्कुटर, सुरेन्द्र शर्मा कुपन नम्बर २३४३ ले गोदरेजको वासिङ्ग मेसिन र राम श्रेष्ठ कुपन नम्बर १७५८८ ले सिजीको रेफ्रिजिरेटर, दुर्गा भुसाल कुपन नम्बर १८५०३ ले सिजीको एलइडी टिभी, दिप नारायण महत्तो कुपन नम्बर १९८०४ ले सामसुङ्ग स्मार्टफोन, बेद बहादुर आले कुपन नम्बर ११०७४ ले सिजीको माइक्रोवेभ ओभन, निश्चल शर्मा कुपन नम्बर ९०७१ ले सिजीको भ्याकुम क्लिनर, शास्वत न्यौपाने कुपन नम्बर २२३०३ ले किड साइकल, यसै गरी इभो मोबाइलको तर्फबाट १० जनालाई बार मोबाइल फोन र ३५ जनाले मेघौली सेराई, फ्रेन रेजिडेन्सी, सिजी रिट्रिटका र जंगल सफारी लजको तर्फबाट भ्याकेसन प्याकेज जित्नु भएको छ ।
साथै १० जनालाई भरतपुरको पुरानो मेडिकल कलेजको तर्फबाट हेल्थ केयर प्याकेज जितेको केसीको भनाइ छ । केसीले “मेगा फेस्टिभ अफर”मा सहभागिता जनाउने सम्पूर्ण ग्राहकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि उपभोक्तामुखी अफरहरु ल्याउने प्रतिबद्धता जनाए ।
“मेगा फेस्टिभ अफर”मा देखिएको सहभागिताबाट आफूहरु निकै उत्साहित भएको उनको भनाइ छ । यो योजनाको उपहारको बिजेताहरुलाई नयाँ वर्षको दिन हस्तान्तरण गरिने व्यहोरा मल म्यानेजर केसीले बताए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












