सिजी ल्यान्डमार्कको “मेगा फेस्टिभ अफर” विजेता घोषणा
काठमाडाै। छोटो समयमै सर्वसाधारणको मन जित्न सफल चितवनको भरपुरस्थित अत्याधुनिक सपिब मल सिजी ल्यान्डमार्कले दसैं, तिहार छठ जस्ता चाडपर्वको अवसरमा ल्याएको आकर्षक उपभोक्तामुखी स्किम “मेगा फेस्टिभ अफर”को विजेता पुस १० गते (क्रिसमस)को दिन मलले लक्की ड्रमार्फत विजेता घोषणा गरेको हो । सिजी ल्यान्डमार्कले चाडपर्वको अवसरमा मलमा एक हजार रुपैयाँभन्दा माथिको किनमेल गर्ने ग्राहकका लागि यामाहाको रे जेड स्कुटर लगायत अन्य आकर्षक उपहार जित्न सक्ने अफर ल्याएको थियो ।
मल म्यानेजर उज्ज्वल केसीका अनुसार उक्त मलको जुनसुकै पसलमा एक हजार रुपैयाँभन्दा बढीको सपिब गर्ने ग्राहकले एउटा लक्की ड्र कुपन निःशुल्क पाएका थिए । तिनै कुपनहरुलाई समावेश गरेर क्रिसमसका दिन बिहीबार लक्की ड्रमार्फत विजेता चयन गरिएको हो ।
केसीका अनुसार नवराज थापा कुपन नम्बर १२६९२ ले यामाहाको रे जेड स्कुटर, सुरेन्द्र शर्मा कुपन नम्बर २३४३ ले गोदरेजको वासिङ्ग मेसिन र राम श्रेष्ठ कुपन नम्बर १७५८८ ले सिजीको रेफ्रिजिरेटर, दुर्गा भुसाल कुपन नम्बर १८५०३ ले सिजीको एलइडी टिभी, दिप नारायण महत्तो कुपन नम्बर १९८०४ ले सामसुङ्ग स्मार्टफोन, बेद बहादुर आले कुपन नम्बर ११०७४ ले सिजीको माइक्रोवेभ ओभन, निश्चल शर्मा कुपन नम्बर ९०७१ ले सिजीको भ्याकुम क्लिनर, शास्वत न्यौपाने कुपन नम्बर २२३०३ ले किड साइकल, यसै गरी इभो मोबाइलको तर्फबाट १० जनालाई बार मोबाइल फोन र ३५ जनाले मेघौली सेराई, फ्रेन रेजिडेन्सी, सिजी रिट्रिटका र जंगल सफारी लजको तर्फबाट भ्याकेसन प्याकेज जित्नु भएको छ ।
साथै १० जनालाई भरतपुरको पुरानो मेडिकल कलेजको तर्फबाट हेल्थ केयर प्याकेज जितेको केसीको भनाइ छ । केसीले “मेगा फेस्टिभ अफर”मा सहभागिता जनाउने सम्पूर्ण ग्राहकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि उपभोक्तामुखी अफरहरु ल्याउने प्रतिबद्धता जनाए ।
“मेगा फेस्टिभ अफर”मा देखिएको सहभागिताबाट आफूहरु निकै उत्साहित भएको उनको भनाइ छ । यो योजनाको उपहारको बिजेताहरुलाई नयाँ वर्षको दिन हस्तान्तरण गरिने व्यहोरा मल म्यानेजर केसीले बताए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












