प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः उपाधि प्रदेश एकलाई
काठमाडाैँ । प्रदेश १ ले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेकोे छ ।
आइतबार भएको फाइनल खेलमा विभागीय टोली एपीएफलाई हराउँदै प्रदेश १ ले उपाधि रक्षा गरेकोे हो । प्रदेश १ ले पहिलो पटक पीएम कपको उपाधि जितेको हो । सविकको विजेता एपीएप भने सहजै पराजित हुन पुगेको हो । प्रदेश १ लाई एपीएफले ६ रनले हराएको हो ।
दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा प्रदेश १ ले उपाधि जितका लागि दिएको १०६ रनको लक्ष्य एपीएफले निर्धातिर २० ओभर सात विकेट गुमाउँदै मात्र ९९ रन बनाएको हो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् । त्यस्तै करुणा भण्डारीले २६ रन बनाउँदा जोति पाड्यले १४ रनको योगदान गरिन् । बलिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना श्रेत्रिले २ विकेट लिइन् ।
त्यस्तै अलिसा खाडियाले पनि दुई विकेट लिन सफल भइन् । संगिता राईले पनि एक विकेट लिन सफल भइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा चार विकेट गुुमाउँदै १०५ रन बनाउन सफल भएको थियो ।
प्रदेश १ का लागि अप्सरी बेगमले ३४ रनको योगदान गरिन् । ४५ बल खेलेकी उनले ५ चौकाको सहयोगमा ३४ रन बनाउन सफल भएकी हुन् ।
प्रदेश १ का लागि काजल श्रेष्ठले नट आउट २९ रनको योगदान गरिन् । त्यस्तै कप्तान रोविना श्रेत्रीले १८ रन बनाउँदा निशा शाहले रनको योगदान गरिन् । बलिङतर्फ एपीएफका लागि कप्तान सिता राना मगरले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै करुणा भण्डारीले एक विकेट लिन सफल भइन् ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











