पोखरेल र गुरुङ नेकपा लुम्बिनी र गण्डकीको इन्चार्जबाट आउट, ज्ञवाली र पौडेल इन
काठमाडौँ। पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्व नेकपाको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशको इन्चार्जबाट शंकर पोखरेललाई हटाएको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी कमिटी बैठकले पोखरेललाई हटाएर लुम्बिनी प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई तोकेको छ ।
त्यस्तै गण्डकी प्रदेशको इन्चार्जबाट पृथ्वीसुब्बा गुरुङलाई हटाएको छ । गुरुङलाई हटाएर देवेन्द्र पौडेललाई इन्चार्ज तोकिएको छ ।
त्यस्तै पार्टी एकिकरणका बाँकी काम पुरा गर्न सुझावका लागि गृहकार्य टोली गठन गरेको छ । पार्टी संगठनको एकिकरणको बाँकी काम पुरा गर्न सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गृहकार्य टोली गठन गरेको हो ।
टोलीमा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, घनश्याम भुसाल,जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, बेदुराम भुसाल, भिम रावल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे रहको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । टोलीले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गिय संगठन र मोर्चा संगठनहरुको पदाधिकारीबारेमा तथा पार्टी संगठनको एकिकरणको बाँकी रहेको कामहरु पुरा गर्ने सम्बन्धमा ७ दिनभित्र सुझाव दिई कार्यान्वयनको प्रक्रियामा लगिने उनले बताए ।
त्यसैगरी बैठकले सरकारको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुध्द गरिएको पहिलो चरणको संघर्षका कार्यक्रम उत्साहपूर्वक सफल भएको समिक्षा गर्दै पौष १८ गते घोषणा गरेको दोस्रो चरणको संघर्षको कार्यक्रम सफल पार्न पार्टी पंक्तिलाई पूर्ण रुपमा परिचालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकले असंवैधानिक कदमविरुध्द अन्य राजनीतिक पार्टीहरु सँग पनि वार्ता गरी संयुक्त संघर्ष गर्ने पहललाई जारी राख्ने निर्णय पनि गरेको छ । पार्टीको केन्द्रीय संघर्षको अतिरिक्त प्रदेश, जिल्ला, पालिकास्तर तथा वडास्तरसम्म संघर्ष समिति गठन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा रहेको केन्द्रीय संघर्ष समितिको सचिवालय र कार्यालय गठन गरिएको र सह-संयोजकको जिम्मेवारी स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई, पम्फा भुसाल र गणेश शाहलाई दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
आइतबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनकोअसंवैधानिक कदमविरुध्दको संघर्ष सफल पार्न र पार्टी एवम् कम्युनिष्ट आन्दोलन विरोधीलाई परास्त पार्न दृढतापूर्वक अघि बढ्न आव्हान गरेको श्रेष्ठले बताए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












