पोखरेल र गुरुङ नेकपा लुम्बिनी र गण्डकीको इन्चार्जबाट आउट, ज्ञवाली र पौडेल इन
काठमाडौँ। पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्व नेकपाको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशको इन्चार्जबाट शंकर पोखरेललाई हटाएको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी कमिटी बैठकले पोखरेललाई हटाएर लुम्बिनी प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई तोकेको छ ।
त्यस्तै गण्डकी प्रदेशको इन्चार्जबाट पृथ्वीसुब्बा गुरुङलाई हटाएको छ । गुरुङलाई हटाएर देवेन्द्र पौडेललाई इन्चार्ज तोकिएको छ ।
त्यस्तै पार्टी एकिकरणका बाँकी काम पुरा गर्न सुझावका लागि गृहकार्य टोली गठन गरेको छ । पार्टी संगठनको एकिकरणको बाँकी काम पुरा गर्न सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गृहकार्य टोली गठन गरेको हो ।
टोलीमा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, घनश्याम भुसाल,जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, बेदुराम भुसाल, भिम रावल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे रहको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । टोलीले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गिय संगठन र मोर्चा संगठनहरुको पदाधिकारीबारेमा तथा पार्टी संगठनको एकिकरणको बाँकी रहेको कामहरु पुरा गर्ने सम्बन्धमा ७ दिनभित्र सुझाव दिई कार्यान्वयनको प्रक्रियामा लगिने उनले बताए ।
त्यसैगरी बैठकले सरकारको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुध्द गरिएको पहिलो चरणको संघर्षका कार्यक्रम उत्साहपूर्वक सफल भएको समिक्षा गर्दै पौष १८ गते घोषणा गरेको दोस्रो चरणको संघर्षको कार्यक्रम सफल पार्न पार्टी पंक्तिलाई पूर्ण रुपमा परिचालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकले असंवैधानिक कदमविरुध्द अन्य राजनीतिक पार्टीहरु सँग पनि वार्ता गरी संयुक्त संघर्ष गर्ने पहललाई जारी राख्ने निर्णय पनि गरेको छ । पार्टीको केन्द्रीय संघर्षको अतिरिक्त प्रदेश, जिल्ला, पालिकास्तर तथा वडास्तरसम्म संघर्ष समिति गठन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा रहेको केन्द्रीय संघर्ष समितिको सचिवालय र कार्यालय गठन गरिएको र सह-संयोजकको जिम्मेवारी स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई, पम्फा भुसाल र गणेश शाहलाई दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
आइतबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनकोअसंवैधानिक कदमविरुध्दको संघर्ष सफल पार्न र पार्टी एवम् कम्युनिष्ट आन्दोलन विरोधीलाई परास्त पार्न दृढतापूर्वक अघि बढ्न आव्हान गरेको श्रेष्ठले बताए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












